स्तो रोग, जहाँ छालाहरु आफै पग्लिएर झर्छ,,
हामीले विभिन्न किसिमका रोगहरुको बारेमा तपाईहरुलाई जानकारी गराउने गरेका छौ । तर यी तस्विरहरु देखेर तपाईले सायद अन्दाजा पनि लगाउन सक्नु हुन्छ कि यो कति डरलाग्दो रोग हो भनेर । यो एक दुर्लभ प्रकारको रोग हो ।
हार्टबर्न पिलको रिएक्शनका कारण यो रोग लाग्ने गरेको चिकित्सकहरुले बताएका छन् । जसका रोगीका अनुहार पग्ली पग्ली झर्ने गर्दछ । नोरविचका १७ वर्षीय लिने होव्स नाम गरेको यस युवतीलाई पनि यही रोगले सताएको छ । यो रोग उनलाई सेप्टेम्बर २०१३ सालबाट सुरु भएको हो । सुरुमा उनको शरीरमा चिलाउन सुरु भएको थियो ।
त्ससपछि उनी कयौ दिन अस्पतालमा भर्ती भएर रहेकी थिइन् । एलर्जीका कारण उनको पुरा अनुहार सुन्निएको थियो । अनुहार यति सम्म सुन्नियो कि आँखा समेत बन्द भयो । उनी अस्पताल गइन् र डाक्टरले मलम लगाउन दिदा उनको छाला उनको हातमा आएको उनी स्वयम बताउछिन् । मिररका अनुसार यो रोग स्टीवेन जोनसन सिन्ड्रोमको कारण हुने गर्छ ।
अहिले चिकित्सकहरुले उनलाई घरमा पठाइदिएको छ । तर यस रोगका कारण ४० प्रतिशत पीडित मानिसहरुको मृत्यु हुने गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
Post a Comment