0
भ्यालेन्टाइन डे को अवसरमा आठौ सौराहा फुड फेष्टिभल आजबाट सुरु
फागुन ०१–
 
प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता भन्ने मुल नाराका साथ आजबाट आठौ सौराहा फुड फेष्टिवल सुरु हुने भएको छ । रेवन रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल सौराहाले प्रणय दिवस अर्थात् भ्यालेन्टाइन दिवसको अवसरमा सो फुड फेष्टिवलको आयोजना गरिएको हो । फेष्टिवल आजबाट यही फागुन ३ गते सम्म बछौली २ सौराहामा सञ्चालन हुनेछ । 
 
प्रणय दिवसको अवसरमा नेपालमै पहिलो फुड फेष्टिवल विगत सात वर्षदेखि सौराहामा हुँदै आएको छ । । स्वदेशी र विदेशी खाना, हस्तकला प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति फेष्टिवलको मुख्य आकर्षण रहेको छ । 
 
फेष्टभलको गोर्खा ब्रुअरी प्रा.लि मुख्य प्रायोजक हो भने हिमालयन डिष्ट्रिलरी लिमिटेड प्रायोजक, बोटलर्स नेपाल तराई लि. सह–प्रायोजक रहेको छ । साथै फेष्टिभलमा विभिन्न प्रतियोगिताहरुको आयोजना समेत गरिने भएको छ ।  तीन दिनको फेष्टिवलमा करिब ३० हजार जनाले अवलोकन गर्ने र ३० देखि ४० लाख बराबरको आर्थिक कारोबार गर्ने आयोजकले अनुमान गरेको छ । टिकटको मूल्य २५ रुपैया तोकिएको छ । 
 
पर्यटनमा आएको कमीलाई केही हद सम्म यस फेष्टिभलले आन्तरिक तथा बाह्य पर्यटकलाई वृद्धि गराउने आयोजकको विश्वास छ । फेष्टिभलमा उठेको टिकटको रकमबाट उज्यालो सौराहालाई निरन्तरता दिदै सामाजिक कार्य तर्फ छुट्याइने आयोजकको भनाई छ । 
 

Post a Comment

 
Top