घर छाडेको २८ वर्षमा मृत्युको खबर
फागुन १३ –
अठ्ठाइस वर्षअघि घर छाडेर गएका दाजु कुलबहादुर अधिकारीको एक्कासी मृत्युको खबर आएपछि झापा, गौरीगञ्ज–५ का नारायणप्रसाद अधिकारी काजकिरियामा बसेका छन् ।
रोजगारीका लागि भारतको आसामतिर हानिएका कुलबहादुरको मृत्यु भएको पनि दुई वर्ष बितेपछि मात्र नेपालमा रहेका उनको परिवारले थाहा पाएको हो ।
आसामको शिवपत्थर भन्ने ठाउँमा गएर बसेका उनी आसामकै स्थानीय जातिकी महिलासँग दोस्रो विवाह गरेर बसेको हाल आएर थाहा भएको हो । उनले नेपालमै रहँदा चन्द्रकला खड्कासँग पहिलो विवाह गरेका थिए । दुई छोरी र एक छोरा भइसकेपछि उनी आसाम गएका थिए ।
उनको मृत्यु दुई वर्षअघि नै भएको भए पनि भर्खरैमात्र खबर पाएको गौरी प्राविका शिक्षकसमेत रहेका नारायणले बताए ।

Post a Comment