क्षतिपूर्ति नदिए बदला लिने राउटेको चेतावनी
बसको ठक्करबाट राउटे युवा सुरेन्द्रबहादुर शाहीको मृत्यु भएपछि राउटे समुदायले क्षतिपूर्तिका लागि यही फागुन २१ गतेसम्मको समयसीमा दिदैँ क्षतिपूर्ति नपाए बदला लिने चेतावनीसमेत दिएका छन् ।
गत बिहीबार बाँकेको नेपालगन्जबाट दैलेख जाँदै गरेको यात्रुबाहक बसले ठक्कर दिँदा सुर्खेतको गढी गाविसको छेडा भन्ने ठाउँमा राउटे युवा शाहीको मृत्यु भएपछि आक्रोशित बनेको राउटे समुदायले क्षतिपूर्ति नपाए आफूहरुले पनि बदला लिने चेतावनी दिएका हुन् । क्षतिपूर्तिका लागि निरन्तर जिल्ला प्रहरी कार्यालय सुर्खेत धाएका राउटे मुखियाहरुले यस्तो चेतावनी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयमा आएका मुखियाहरु सूर्यनारायण शाही र ऐनबहादुर शाहीले आफूहरुले छलफल गर्दा क्षतिपूर्ति नपाए आफूहरुले कडा बदला लिने निर्णय गरेको बताए ।
उनीहरुले भने, “फागुन २१ गतेपछि हामी कसैको पैसा पनि लिन्नौँ, बदला लिन्छौँ ।” उनीहरुले आफ्ना युवा मार्नेलाई कानुन नलागेको भन्दै आफूहरुले पनि कानुन नमान्ने बताएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने प्रक्रियागत रुपमा काम गर्दा क्षतिपूर्ति दिलाउन केही ढिला भएको बताएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण शाहीले प्रक्रियाले गर्दा केही ढिलो भएको तर राउटेहरु आक्रोशमा आउँदा काम गर्न गाह्रो भएको बताउनुभयो । आक्रोशित राउटेहरुलाई सम्झाउनका लागि सोमबार बस समितिले रु सात हजार दिएको छ ।
बसको ठक्करबाट राउटे युवाको मृत्यु भएपछि राउटे समुदाय कहिले जिल्ला प्रहरी त कहिले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा धर्ना दिइरहेका छन् ।

Post a Comment