0
फर्निचरको अभावमा भुइँमा बोरा बिछ्याएर पढ्दै विद्यार्थी
१२ फागुन 
असारको पहिलो साता महाकाली नदीमा आएको विनाशकारी बाढीको चपेटामा परेको खलङ्गा बाङाबगरस्थित कैलाशपति निमाविका विद्यार्थीहरू फर्निचरको अभावमा भुइँमा बोरा बिछ्याएर पढ्न बाध्य भएका छन् ।
 
बाढीले भएका फर्निचरहरूसमेत बगाएपछि अहिले विद्यार्थीलाई बस्न निकै समस्या भएको निमित्त प्रधानाध्यापक डम्बरबहादुर सिंहले बताउनुभयो । विद्यालय भवन पनि नदी कटानको उच्च जोखिममा रहेको छ । यसका साथै बाढीले आङ्शिक रूपमा बगाएको शौचालय गत महिना भूकम्पले चर्किएपछि त्यो पनि प्रयोगविहीन बन्न पुगेको छ ।
 
नजिकै दुई लाखको लागतमा एउटा सानो शौचालय निर्माण गरिएको भए पनि त्यो पनि सम्पन्न नगरिँदा शिक्षक र विद्यार्थीलाई शौच गर्नसमेत समस्या छ । शिक्षकहरूले नजिकै रहेको गाविसको कार्यालय ब्यासको शौचालय प्रयोग गर्ने गरे पनि विद्यार्थीहरू नदी किनारमा शौच गर्न बाध्य भएका छन् ।

Post a Comment

 
Top