दुई सय ८५ प्रजातिका वनस्पति नेपालमा
२७ माघ
विश्मै दुर्लभ मानिएका फूल फुल्ने २८५ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने गरेका छन् । वनस्पति विभागका वैज्ञानिकहरुले अहिलेसम्म गरेको अनुसन्धानले ती वनस्पति नेपालमा मात्र पाइने गरेको देखाएको छ ।
विभागले ती स्थानीय वनस्पतिको अभिलेखीकरण गरेको बताउँदै वैज्ञानिकहरुको खोजतलास र अध्ययनले उक्त वनस्पति नेपालबाहेक अन्य देशमा नपाइएको दाबी गरेको छ ।
विभागका महानिर्देशक यमबहादुर थापाले उक्त वनस्पति नेपालमा मात्र रहेकाले भविष्यमा स्वामित्व अधिकार स्थापित गर्नका लागि राम्रो सम्भावना रहेको बताउनुभयो ।
सो अध्ययनबाट ती फूल नेपालको हिमाली तथा पहाडी क्षेत्रको तीन हजार ४०० मिटरदेखि चार हजार मिटरको उचाइमा पाइने गरेको देखिएको छ । ती फूलहरु प्रायः अन्नपूर्ण क्षेत्र, ढोरपाटन, से–फोक्सुण्डो वरपरका क्षेत्रमा पाइने गरेका छन् ।
वनस्पति विभागले मुलुकभरका सम्पूर्ण प्रकारका वनस्पतिको वैज्ञानिक पहिचान, सङ्केत तथा अभिलेखीकरण गर्दै आइरहेको छ ।
उपयोग वनस्पतिको खेती तथा प्रशोधन, प्रविधीकरण तथा विस्तार एवम् सुगन्धित वनस्पति तेलको प्रमाणीकरण पनि गर्दै आएको विभागले जानकारी दिएको छ ।
यद्यपि जिल्लास्तरीय कार्यक्रमहरु इलाम, धनुषा, मकवानपुर, जुम्ला, सल्यान, नेपालगन्ज र कैलाली गरी सात जिल्लाले सञ्चालन भइरहेको विभागले जनाएको छ ।
Post a Comment