नक्कली भारुसहित दुई युवक पक्राउ
फागुन १–
जिल्ला प्रहरी कार्यालय पर्साले एक लाख ८७ हजार रुपैयाँ भारतीय नक्कली नोटसहित दुई युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले वीरगन्ज उपमहानगरपालिका–१३ मा पर्ने ठाकुरराम बहुमुखी क्याम्पस चोकबाटसुराकीका आधारामा घडिअर्वा निवासी २२ वर्षीय अङ्गद शर्मा र भारतको बिहार सीतामढी जिल्ला बैरगनिया घर भई हाल घडिअर्वामै बस्दै आएका २५ वर्षीय जितेन्द्र सिंहलाई पक्राउ गरेको हो ।
क्याम्पस चोकमा केही युवक भरतीय रुपैयाँ साटिरहेको पूर्व सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुग्दा बा.४९प १०५२ नम्बरको मोटसाइकलमा सवार रहेका शर्मा र सिंहलाई रोकी जाँच गर्दा निजहरुको शरीरबाट हजार दरका १८७ थान नक्कली नोट बरामद भएपछि आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।
पक्राउ परेका शर्मा वीरगन्जको आदर्शनगरमा आल्मुनियमको पसल सञ्चालन गरिबसेका व्यापारी हुन् भने सिंह आदर्शनगरमै रहेको एक फार्ममा गार्डको काम गर्दै आएको अनुसन्धानबाट खुलेको उपरीक्षक सिंहले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्तहरुबाट चार थान मोबाइल र एक थान मोटरसाइकलसमेत बरामद गरेको उपरीक्षक सिंहले जनाकारी दिए । अभियुक्तहरुमाथि खोटा चलन मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।
Post a Comment