सात दिनदेखि यातयात नचल्दा सर्वसाधारण मारमा
१२ फागुन
वीरगन्ज–ठोरी सडकखण्डमा विगत सात दिनदेखि सार्वजनिक यातायातका साधन नचल्दा ठोरी र निर्मलबस्तीका बासिन्दालाई सास्ती भएको छ ।
यातायात व्यवसायीहरूको आपसी विवादका कारण सो सडकखण्डमा विगत सात दिनदेखि सार्वजनिक यातायातका साधनहरू ठप्प रहँदै आएको छ । वीरगन्ज–ठोरी सडकखण्डमा चल्ने बस व्यवसायी र टाटा सुमो व्यवसायी बीचको विवादका कारण स्थानीयवासीले समस्या खेप्नु परेको हो ।्
बस सञ्चालनमा नल्याउँदा ठोरीका बासिन्दा सीमावर्ती भारतको नरकटियागञ्ज हुँदै रेलमार्फत रक्सौल भएर सदरमुकाम वीरगन्ज आउन बाध्य भएका स्थानीय शिक्षक प्रेम लामाले जानकारी दिनुभयो ।
Post a Comment