0

लोडसेडिङ तत्काल घटाउन सभासद्हरूको माग

 
ca-members-2 फागुन १३ – 
व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराउँदै सांसदहरूले भौतिक पूर्वाधारको विकास, खानेपानीको सहज आपूर्ति गर्नुकासाथै विद्युत् भार कटौती तत्काल घटाउनुपर्ने माग गरे ।
हुलाकी राजमार्ग र कर्णाली करिडोरको निर्माण तत्काल प्रारम्भ गर्नुपर्ने, द्वन्द्वपीडितलाई राहतको व्यवस्था गर्नुपर्ने, नदी नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने तथा वर्षायाममा तराईका विभिन्न जिल्लामा सर्पको बिगबिगी हुनेभएकाले सर्पदंशविरुद्धको औषधि सबै स्वास्थ्य सेवा प्रदायक निकायमा पु¥याउनुपर्नेमा जोड दिए ।
उनीहरूले कृषि क्षेत्रमा अनुदानको व्यवस्था हुनुपर्ने, मुक्तकमैयाका समस्याको सम्बोधन, दुग्ध उत्पादक किसानका उत्पादनलाई उचित मूल्यको व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगारीमा गएका महिलाहरूले अकल्पनीय कष्ट व्यहोर्नुपरेकाले त्यस्ता गतिविधि हुन नदिन वैदेशिक रोजगार विभागको ध्यान जानुपर्ने माग गरे ।
आजको शून्य समयमा दिलजित श्रीपाली, दामोदर भण्डारी, दिनेशचन्द्र यादव, दीर्घराज भाट, दीपशिखा शर्मा ढकाल, दीपक गिरी, दुर्गा पौडेल, डा दुमनसिंह थापा क्षेत्री, दुलारी हरिजन, धनबहादुर पौडेल, ध्यानगोविन्द रञ्जित, नरदेवी पुन मगर, निर्मलप्रकाश सुवेदी, पुरुषोत्तम पोखरेल, पुष्पलता शर्मा, पेम्बा लामा, पुरन राना, प्रतीक्षा तिमिल्सिना, प्रेम सुवाललगायत ३१ जना सभासद्ले बोलेका थिए ।

Post a Comment

 
Top