0

सन्तको र्‍याली

images (1)फागुन १३ – 
पशुपति क्षेत्र विकास कोषले शिवरात्रीको अवसरमा आज साधुसन्तसहितको र्‍याली आयोजना गर्‍यो ।
कोषले शिवरात्रीको प्रचारप्रसारका लागि सो र्‍याली निकालेको हो । पशुपतिनाथ मन्दिरको पश्चिम ढोकाबाट निकालिएको सो र्‍याली गौशाला, मित्रपार्क, चाबहिल गणेशस्थान पुगी गुह्येश्वरी हुादै देवपतनमा आएर समापान भएको थियो । कोषका कर्मचारी, स्थानीयवासीलगायतको र्‍यालीमा सहभागिता रहेको थियो ।
कोषका सदस्य–सचिव डा गोविन्द टण्डनले र्‍यालीको शुभारम्भ गर्दै हिन्दू धर्मावलम्बीका लागि शिवरात्रि ठूलो पर्व रहेकोले त्यसैका अवसरमा पशुपतिनाथ मन्दिर आसपास क्षेत्रमा सन्देश प्रवाह गर्नका लागि र्‍याली निकालिएको बताए ।
शिवरात्रि व्यवस्थापनअन्तर्गत परिसरमा सरसफाइ र रङ्गरोगन, बागमती नदीको सरसफाइ गरिएको छ । त्यसैगरी साधुसन्त तथा योगीहरूलाई आवास र भोजनको व्यवस्था कोषले मिलाएको छ । विद्युतीय माध्यमबाट निर्मित प्रवेशद्वारहरु, वर्षात्को पानी परेको झल्को दिने बत्तीको आकर्षणसमेत रहने छ ।
त्यसैगरी कोषले दर्शनार्थीलाई बहुमूल्य गरगहना नलगाउन, प्लास्टिकका झोला, कप, प्लेट साथै टुटफुट हुनसक्ने कााचका सामग्री पशुपति परिसरमा प्रयोग नगर्न आग्रह गरेको छ ।

Post a Comment

 
Top