0

भारतीय युवतीसँग नेपाली पासपोर्ट

 
passportफागुन १८ – 
नेपाली पासपोर्टमा विदेश पुगेका तीन भारतीय युवती पक्राउ परेका छन् । वैदेशिक रोजगारका लागि कुवेत पुगेका उनीहरूलाई अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।
नेपाली युवतीको पासपोर्टमा आफ्नो फोटो टाँसेर कुवेत पुगेका युवतीमा फिफरानी सुब्बा, तुलसी सुनार र अर्की एक युवती छन् । विदेशबाट फर्कंदा उनीहरू अध्यागमनको फन्दामा परेका हुन् ।
मानव तस्करीमा संलग्न गिरोहले उनीहरूलाई नेपाली युवतीको पासपोर्टमा विदेश पठाएको अध्यागमन कार्यालयले जनाएको छ । सविता थारू नामक महिलाको पासपोर्टमा आफ्नो फोटो राखेर तुलसी सुनार विदेश गएकी थिइन् । त्यस्तै, फिफरानी सुब्बाले रामकुमार गुरुङको पासपोर्ट प्रयोग गरेकी थिइन् । अध्यागमन विभागले उनीहरूलाई थुनामा राखी कारबाही चलाएको छ ।
भारतीय मात्र नभई बंगलादेशीले समेत नेपाली पासपोर्ट प्रयोग गर्दै आएको अध्यागमनका कर्मचारी बताउँछन् । यस्तो धन्दामा कतिपय मेनपावर व्यवसायी नै सक्रिय हुने गरेका छन् । भारतीयसँगै बंगलादेशी पनि नेपाली पासपोर्टमा आफ्नो फोटो टाँसेर विदेश जाँदा पक्राउ पर्ने गरेका छन् । हस्तलिखित पासपोर्ट भएकाले गिरोहले चलाखीपूर्वक थाहा नहुने गरी फोटो परिवर्तन गरी एउटाको पासपोर्टमा अर्कै महिलालाई पठाउने गरेका छन् 

Post a Comment

 
Top