0

पत्रको भाषा प्रति आपत्ति प्रकट 
७ जेठ
 संसदीय सुनुवाइ विशेष समितिले न्यायपरिषदले बैठकमा नआउने भनि पठाएको पत्रको भाषा प्रति आपत्ति प्रकट गरेको छ । उसले न्यायपरिषदको जवाफ अमर्यादित भएको समेत आरोप लगाएको छ ।
आज विहान बसेको बैठकले न्यायपरिषदले सिफारिस गरेका न्यायधिसको विषयमा सुनवाई थाल्ने निर्णय गरेको छ । आगामि जेठ ९ गतेको सुनवाईको लागि बोलाउने निर्णय गरेको छ । त्यस्तै आज साझा चार बजे न्यायधिसहरु विरुद्ध उजुरी गर्ने उजुरी कर्ताहरुसँग उजुरीको विषयमा छलफल समेत गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका मुख्य सचेतकहरुलेसमेत सहमति कायम गर्न नसकेपछि शीर्ष नेताहरुबीच छलफल भएको थियो । शीर्ष नेताहरुको गएराति बसेको बैठकले प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेपछि उजुरीकर्ता र सिफारिमा परेका आठ न्यायाधीशलाई बोलाउने निर्णय गरेको हो ।

Post a Comment

 
Top