वर्षौ देखि पथलैयामा सशस्त्र प्रहरीद्धारा राजमार्ग अवरुद्ध हुँदा यात्री पीडित
विभु
६ जेठ
वीरगञ्जबाट चन्द्रनिगाहपुरमा ११ कक्षाको परीक्षा दिन मोटरसाईकलबाट हिडेका राकेश यादव र उनकी बहिनी पथलैयामा सडक जाम हुँदा मानसिक पीडामा परेकाछन् । वर्ष भरिको मेहनतलाई संवन्धित पक्षको गै¥ह जिम्मेवारी पूर्ण कार्यले विथोलिने भो भनेर ।
देशको मूल कानून विहिन बन्न पुगेको नेपालमा वर्तमान अन्तरिम संविधानको भरमा चलिरहेको अवस्थामा न्याय खोज्न लगायत आफ्ना जायज वा नाजायज माग पूरा गराउन सडक जाम गर्ने परम्पराको विकाशले तीव्र रुप लिएको छ ।
सम्वन्धित निकायले आफ्नो आवाज नसुनिदिएकोले सडकमा ओर्लन बाध्य भएको बन्दकर्ताको धारणा पाईन्छ ।बन्द, जाम हडताल खोलाउन लागिपर्ने प्रहरीले नै बाराको पथलैयामा बर्षेां देखि प्रहरीले नै पूर्व– पश्चिम जोड्ने एक मात्र महेन्द्र राजमार्ग बन्द गर्दै आएकाछन् ।
पथलैया स्थित रुद्रवाहिनीका सशस्त्र प्रहरीले कम्तीमा हप्ताको दुई वा त्यो भन्दा बढी सडकमा प्रहरी दौडाउन राजमार्ग बन्द गर्दा यात्री र सवारीलाई मर्का परेका पीडितको भनाईछ ।
परीक्षा दिन हिँडेको अनावश्यक बन्दले दिन नपाईने हो कि भन्ने पीर लागेको छ – राकेश यादव भन्छन् । कति समय पछि खोल्ने हो , हतारमा दौडाउन पनि मोटरसाईकलमा डर हुन्छ ।
विद्यार्थीको मात्र कुरा होईन, विरामीहरु पनि बन्दका कारण समयमा अस्पताल पुग्न नपाएर छट्पटाईरहेकाहुन्छन् ।कर्मचारीको जागीर छुटिरहेकोहुन्छ भने बस, ट्रक लगायतका सवारी साधनलाई समयमै पुग्नु पर्ने हुँदा अस्वस्थ्य प्रतिस्पर्धाे दुघटना निम्त्याउँदै आएको पाईन्छ ।यो विषयमा रनिङ गराउने सशस्त्र प्रहरीलाई पनि राम्ररी थाहाछ ।उनीहरु भन्छन्– माथिको आदेश ।
एक दिन होईन दुई दिन होईन सँधै यसरी मुख्य राजमार्गमै प्रहरी दौडाएर के देखाउन खोजको बुझि नसक्नुछ । कहाँ जानु पर्ने होला समयको त मतलबै भएन । कसैले पनि नबोलेर पनि जे मन लाग्यो त्यही गर्न सबैले छुट पाएको बाबु मगरले आक्रोश पोखे । नियमित कार्य हो भने यसको विकल्पको खाँचोछ ।
हेटौडाबाट लालबन्दी काममा हिडेका दिपेश मैनाली भन्छन्– जसले बोले उही छुच्चो हुनुपर्छ , तर, यो काईदा भएन, रनिङ गराउने ठाउँ बनाएर राजमार्ग त सँधै खुल्ला राख्नुपर्छ ।
आफै जाममा परिएकोछ कसरी विद्यार्थीलाई पढाउनु खै? यो दौडाई सडकमा नगरेर चौरमा गरेको भए राम्रो हुने शिक्षक भरत नेपालले बताए ।
बसको समय अभावका कारण प्रतिश्पर्धा हुँदा हामीलाई नै मर्का छ , एका तिर राम्ररी यात्री बोक्न नपाउँदा कलेक्सन भएन भनेर साहु कराउँछन् भने दुर्घटना पनि हुने सम्भवना पनि उत्तिकै रहन्छ । यस्तै कम्पिटिसनले केही समय पहिले वीरगञ्ज जनकपुर चल्ने बस दुर्घटना हुँदा १८ जना घाईते भएकाथिए । नाम बताउँदा पछि समस्या पर्न सक्ने जनाउँदै एक बस कण्डक्टरले बताए ।
डाक्टरले दिएको समय भन्दा एक घण्टा ढिलो भैसकेको जनाउदै विरामीको जानै जानसक्ने गरी उल्टै प्रहरीले बन्द गर्नु कहाँको न्याय हो? चन्द्र निगाहपुरका रमेश कापm्लेले प्रश्न गरे ।उनी विरामी श्रीमती लिएर वीरगञ्ज डाक्टरकहाँ जादैँथिए ।
यस अघि रुद्रवाहिनीका नायव महानिरिक्षकहरुले झैं यस पटक पनि शैलेन्द्र खनालले आफू भर्खर आएको र बुझेर चाँडै समस्या समाधान गर्ने बताए पनि राजमार्ग नै बन्द गरेर दौड्ने क्रम नरोकिएको जन गुनासो छ ।

Post a Comment