0
 भारतको भावी सरकारको नेतृत्व गर्न भारतीय जनता पार्टी तयार रहेको बेला सो पार्टीको प्रवास ब्यूरोको नेपाल प्रमुख नलिनी ज्ञावलीप्रतिको चासो बढेको छ ।
भावी  प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष राजनाथ सिंह, पूर्व अध्यक्ष लालकृष्ण आडवाणी , नितिन गडगडी लगायतका प्रभावशाली नेताहरुसँग सम्बन्ध सुत्रको रुपमा ज्ञावलीको खोजी सुरु भएको हो । ज्ञावलीले नरेन्द्र मोदीको नेतृत्वमा भाजपाले भारी जित हासिल गरे लगत्तै प्रधानमन्त्री सुशील कोइरालाको सम्बन्ध सुत्र बन्दै कोइराला र मोदीवीच टेलिफोन वार्ता गराएकी थिईन । त्यसपछि अन्य दलका नेताहरु पनि भारत र भाजपासँगको सम्बन्ध विस्तार गर्न ज्ञावलीको खोजीमा लागेका हुन ।
मोदी र कोइरालावीचको टेलिफोन वार्ता गराउन सफल भएकोमा भाजपाका विदेश विभाग प्रमुख विजय जोलीले ऋषि धमलाले सञ्चालन गर्ने बाणि बहस मार्फत ज्ञावलीको तारिफ गर्दै टेलिफोन वार्तालाई ऐतिहासिक भनेका थिए ।

Post a Comment

 
Top