1

विद्यालयमा नपढाउने १२ जना शिक्षकको तलब कट्टा


जाजरकोट,
 ५ फागुन
- यहाँका विद्यालयमा नपढाउने १२ जना शिक्षकको जिल्ला शिक्षा कार्यालय जाजरकोटले करिब रु तीन लाख तलब काटेको छ ।

जिल्ला शिक्षा कार्यालय जाजरकोटले गरेको निरीक्षणको क्रममा लामो समयदेखि विद्यालयमा उपस्थित नहुने यहाँका १२ जना शिक्षकको तलब सेवा गणना नहुने गरी काटिएको जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक ५२ दिनसम्म विद्यालयमा हाजिरी नभएको पाइएपछि कारबाहीमा परेका जिशिअ श्रेष्ठले बताउनुभयो ।

त्यसरी तलब कट्टा हुने शिक्षकमा चन्द्रदीपक निमावि नाहाडाका धनबहादुर बुढा ४२ दिन, सोही विद्यालयका डिलबहादुर बुढा ४२ दिन र कमला बुढा ३९ दिन रहेका छन् ।

त्यसैगरी, बालकल्याण प्रावि कालढुङ्गाका निमबहादुर खत्री ३८ दिन, लक्ष्मी निमावि सिउना भगवतीका कृष्णदेव रजक ३५ दिन, प्रावि घरङ्गा रग्दाका सेस आलम हुसेन ४० दिन रहेका छन् ।

अन्य शिक्षकमा लक्ष्मीप्राप्ति उमाविका सुशीला चौधरी ४४ दिन, ज्ञानुदया प्रावि लहाँका वीरजीत घर्ती ५२ दिन, शिवशङ्कर उच्च माविका हरिप्रसाद शर्मा दुई दिन, सोही विद्यालयकै लक्ष्मी केसी दुई दिन र प्रावि कटीगाउँ जगतीपुरका देवीसरा रावत ६ दिन विद्यालयमा उपस्थित नभएको पाइएपछि कारबाही गरी तलब कट्टा गरिएको हो ।

यी विद्यालयमा नपढाएर गएल हुने शिक्षकको सेवाअवधि गणना नहुनुका साथै जिल्ला शिक्षा कार्यालयले पत्र काटेर सचेत समेत गराएको जिशिअ श्रेष्ठले बताउनुभयो । साउन महिनादेखि फागुनसम्म विद्यालयमा उपस्थित नहुने शिक्षक मात्र कारबाहीमा परेका हुन् ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top