1

कोसीटप्पु वन्यजन्तु आरक्षमा विदेशी पर्यटक बढ्दो



 ८ फागुन
अर्ना तथा घुमन्ते र साइबेरियन चराका लागि स्वर्गभूमिका उपनामले परिचित कोसीटप्पु वन्यजन्तु आरक्षमा नेपाली तथा विदेशी पर्यटक आउने एवम् अवलोकन बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ ।

विशेषगरी विश्वको दुर्लभ प्रजातिको अर्ना अध्ययन तथा अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक लोभिने आरक्षमा चालु आवका माघ मसान्तभित्रमा स्वदेशी र विदेशी गरी पाँच हजार ६३७ जना पर्यटकले आरक्षको अवलोकन भ्रमण गरिसकेका छन् ।
आरक्षले दिएको आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या विगत वर्षको तुलनामा यो वर्ष बढिरहेको देखाएको छ । अघिल्लो आवको माघमा ५२ विदेशी पर्यटक आरक्षमा आएकामा यो वर्षको माघमा ७८ जना बाह्य पर्यटकले आरक्षको अवलोकन गरेको देखिएको छ ।

यसैगरी आरक्षले विभिन्न शीर्षक र पर्यटक शुल्कबापत उठाउँदै आएको राजस्वमा पनि वृद्धि भइरहेको पाइएको छ । यो चालु आवको सात महिनामा करिब रु १७ लाख राजस्व सङ्कलन भएको छ ।

आरक्षले अघिल्लो वर्षमा करिब २१ लाख राजस्व सङ्कलन गरेको थियो । अघिल्लो वर्ष स्वदेशी र विदेशी गरी सात हजार ३२४ पर्यटकले आरक्षको अवलोकन गरेका थिए ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top