1

मन्दिर निर्माणका लागि तुलादानबाट रु चालीस लाख सङ्कलन

 ८ फागुन 
 मोरङको बाहुनी–९ मा आयोजित शिव पुराणमा शरीर तौलअनुसार तुलादान गर्नेहरुबाट रु ४० लाख सङ्कलन भएको छ ।

मन्दिरको सहयोगका लागि माघ २४ गतेदेखि ११ दिनसम्म सञ्चालित सो पुराणको अवधिमा ६५ जनाले तुलादान गरेपछि सो बराबरको रकम सङ्कलन भएको हो । सो अवसरमा हर्कमाया गौतमले रु एक लाख एक हजार, पूर्णबहादुर खड्काले रु ७४ हजार ३०० र चन्द्रबहादुर कोइरालाले रु ६३ हजार दान गर्नुभएको पुराण आयोजक समितिका संयोजक पूर्णबहादुर खड्काले जानकारी गराउनुभयो ।

यसैगरी तेजबहादुर बुढाथोकी, छविलाल न्यौपाने, तिलबहादुर खड्का, हरि ओझा लगायतले जग्गादान गर्नुभएको थियो । लामो समयदेखि काठले बनेको सो ठाउँको ऐतिहासिक एवम् धार्मिक दृष्टिले महत्वपूर्ण मानिने शिव मन्दिरलाई पुनः निर्माण गर्न शिवपुराणको आयोजना गरिएको संयोजक खड्काले बताउनुभयो ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top