0

वुद्धको नाममा राजनीति किन ? 

किन प्रतिस्थापन भएन वुद्ध मूर्ति ?

–मिलन लिम्बू–
वुद्ध जन्मेको देश भनेर चिनिने हाम्रो देश नेपालमा वुद्धको मुर्ति स्थापना गर्ने विषयमा विवाद चुलिएको छ । सुर्खेतको काक्रोबिहारमा वुद्ध मूर्ति स्थापना गर्ने तयारी गरिरहेका बौद्धमार्गीहरुलाई प्रहरीले रोक लगाएपछि सुरु भएको विवादले राष्ट्रिय समस्याको रुपमा धारण गरेको छ । २५५७ औ वुद्ध जयन्तिको अवसर पारेर काक्रेबिहारमा वुद्धको मुर्ति स्थापना गर्ने तयारीका साथ र्यालिमा रहेका बौद्धमार्गीहरुलाई प्रहरीले हस्तक्षेप गरेपछि समस्याले झनै उग्ररुप लिएको हो । त्यति मात्र होइन शान्तिको अग्रदुत मानिने गौतबुद्धको मूर्तिलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले अपराधी झै नियन्त्रणमा लियो र अपराधी झै प्रहरीको कार्यालयमा थुनेर राखेको छ । त्यसपछि बुद्ध मूर्ति स्थापनाको माग गर्दै आन्दोलनमा उत्रिएका बौद्धमार्गीहरुको आन्दोलन चक्काजाम हुदै सिंहदरबार घेराउ सम्म पुगेको छ । पुरातत्व विभागबाट अनुमति लिएर मूर्ति स्थापनामा जुटेका बौद्धमार्गीहरुले मूर्ति स्थापना गर्न नपाए पछि राज्यबाट अपमानित महसुस गरिरहेका छन् ।
किन अवरोध भो ?
तत्कालिन नेकपा माओवादीको नेतृत्वमा सञ्चालन भएको १० वर्षे जनयुद्ध र २०६२÷६३ सालको जनआन्दोलका धेरै भावनाहरु मध्ये धर्म निरपेक्ष राज्य पनि हो । १० वर्षे जनयुद्ध शान्ति प्रकृयामा आएको लगभग १० वर्ष नै पुग्न लागि सकेकोछ । उतिनै समय विति सकेकोछ २०६२÷६३ सालको जनआन्दोलन सम्पन्न भएको । जनयुद्ध र जनआन्दोलन पछि सम्पन्न संविधानसभाको निर्वाचन र त्यसपछि बनेको संविधानसभा अवथा व्यवस्थापिका संसदले हाम्रो देश नेपालाई धर्म निरपेक्ष राज्यको रुपमा घोषणा गरिसकेको छ । लामो समय सम्म राज्यले हिन्दु धर्मलाई राष्ट्रिय धर्मको रुपमा मान्यता प्रदान गरिरहेको अवस्थामा राज्य धर्म निरपेक्ष बने पछि सबै धर्मावलम्बीहरुले समेत धार्मिक रुपमा आफु यो देशका धर्मावलम्बी बनेको महसुस गरेका थिए । तर हिन्दु धर्मावलम्बीहरुबाहेक अन्य धर्मावलम्बीहरु लामो समय सम्म आफुलाई यही देशका धर्मावलम्बीहरुको रुपमा महसुस गरिरहन सकेन् । पछिल्लो उदाहरण वौद्ध धर्मावलम्बीहरु बनेका छन् । २५५७ औ वुद्ध जयन्तीको  अवसरमा सुर्खेत काक्रेविहारका वौद्धमार्गीहरुले काक्रेविहारमा वुद्ध मूर्ति स्थापना गर्ने तयारी गरिरहेको थियो । तयारीकै क्रममा स्थानिय प्रशासनले वुद्धको मुर्ति स्थापना गर्न दिएन जुन विषय यतिखेर ठूलो समस्याको रुपमा उब्जिएको छ । स्थानिय प्रशासनले वुद्धको मुर्ति स्थापना गर्न नदिए पनि वौद्धमार्गीहरुले वुद्ध मुर्ति स्थापना गर्न पाउनु पर्ने माग गर्दै प्रर्दशन गरेको थिए । वौद्ध मार्गीहरुको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेपछि केही घाइते भएका थिए । प्रहरीको हस्तक्षेप पछि आक्रोसित वौद्धमार्गीहरु र प्रहरी बिच केही समय झडप समेत भएको थियो । प्रतिमा राख्नका लागि वौद्धमार्गीहरुले जोड गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेर १७ फिट अग्लो वुद्ध मूर्ति नियन्त्रणमा लिएको थियो । विश्व शान्तिका अग्रदुतको रुपमा मानिने वुद्ध र वुद्धको प्रतिमालाई नियन्त्रण्मा लिएर प्रहरीले अपराधी झै जिल्ला प्रहरी कार्यालयमा राखेको भन्दै वौद्धमार्गीहरु त्यस दिन देखीनै आन्दोलित भएका हुन ।
01
त्यसो त काक्रेविहारमा  धार्मिक समस्या नया“ होइन २०५७ सालमा पुरातत्व विभागले काक्रेबिहारमा रहेको भग्नावशेष उत्खन्न गर्दा विभागले काक्रेविहारमा शिखरशैलीको मन्दिर रहेको निष्कर्ष निकाले पछि नै विवाद सुरु भएको थियो । पुरातत्व विभागको निष्कर्षलाई वौद्धमार्गीहरुले भने अझै पनि मान्न सकेका छनैन् । भग्नावशेÈमा भेटिएका करिव ८० प्रतिशत मूर्ति, शिला र प्रस्तरहरु वुद्ध मर्ध संग सम्वन्धित रहेकाले त्यहा“ वौद्ध विहार निर्माण रिनुपर्ने वौद्धमार्गीहरुको माग रहदै आएको छ । विभागले भने वौद्धमार्गीहरुको असहमतिका विच पनि शिखरशैलीको ६५ फिट अग्लो मन्दिर बनाउन सुरु गरे पछि विस्तै यो समस्याले उग्ररुप लिएको हो ।
वौद्ध मार्गीहरुले विना अनुमति त्यस क्षेत्रमा वुद्ध मुर्ति स्थापना गर्ने तयारी गरेका भने होइनन । बौद्धगुम्बा निर्माण्ँ तथा संरक्षण समितिले त्यस क्षेत्रमा वुद्ध मुर्ति स्थापना गर्नका लागि माग गरे पछि पुरातत्व विभागले २०६४ फागुन १२ गते मुर्ति स्थापना गर्न अनुमति दिइसकेको छ । पुरातत्व विभागको स्मारक संरक्षण शाखाले २०६४ भदौ १२ गते उत्त स्थानमा वुद्धको मूति स्र्थापना गर्न सहमतिपत्र पठाए पछि स्थानीय प्रशासनले आवास तथा सहरी विभाग डिभिजन कार्यालयबाट प्रमाणित नक्साअनुसार वुद्धमुर्ति स्थापना गर्न सहमति जनाएको थियो । त्यसपछि वौद्धमार्गीहरुले वोद्ध मुर्ति स्थापनाका लागि काम थालेका हुन । सुरुमा मूति राख्न अनुमति दिने स्थानीय प्रशासन अहिले आफैले दिएको अनुमतिविरुद्ध  लागेपछि समस्या उत्पन्न भएको बुद्धमार्गीको आरोप छ । पुरातत्व विभागले सो स्थानमा हिन्दु धर्मावलम्बीहरुका लागि मन्दिर र वौद्ध धर्मावलम्बीहरुको लागि वुद्धको मूर्ति स्थापना गर्न अनुमति दिए थियो । पुरातन्व विभाग आफैले त्यस क्षेत्रमा मन्दिर बनाउन सुरु गरेको हो । तर वौद्धमार्गीहरुलाई मुर्ति स्थापना गर्न अनुमति दिएको भए पनि अनुमति बाहेक अरु केही दिइएको थिएन । तर आफ्नै सक्रियतामा मुर्ति स्थापना गर्न लागिपरेका बौद्धमार्गीलाई प्रशासनले त्यस क्षेत्रमा मुर्ति स्थापना गर्न नदिनु र्धमनिरपेक्ष राज्यमा विभिन्न धर्मप्रति अपमान हो । जुन अपमानले यतिखेर देशलाई अर्को समस्यामा तानेको छ ।
२०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचन पछि धर्म निरपेक्ष राष्ट्र घोषणा भएको हाम्रो देश नेपालमा अझै पनि एक धर्मको पक्षपोषण भइरहेको भन्दै बौद्धमार्गीहरु समानताको माग गरिरहेका छन् । सुर्खेतको काक्रेबिहारमा रहेको भग्नावशेस उत्खन्न पछि पुरातत्व विभागले त्यस क्षेत्रमा मन्दिर निर्माण सुरु गरेको थियो । उत्खन्नलाई आधार मानेर मन्दिर बनाउन लागिपरेको पुरातत्व विभागले पनि बौद्धमार्गीहरु प्रति अन्याय सुरु गरेको बौद्धमार्गीहरुको गुनासो छ । भग्नावशेस उत्खन्नको समयमा भेटिएका ८० प्रतिशत वस्तुहरु बौद्धधर्म संग सम्बन्धित रहेको  बौद्धमार्गीहरुको दाबि छ । तर पनि पुरातत्व विभागले बनाउने मन्दिरले हिन्दु र बौद्ध दुबै धर्मलाई सम्मान जनाउने बताएपछि बौद्धमार्गी मन्दिर बनाउने कुरामा सहमत भएका थिए । तर लामो समय बितिसक्दा समेत मन्दिर नबनेपछि आफै मूर्ति बनाउने तयारीमा जुटेका बौदमार्गीहरुलाई मुर्ति स्थापना गर्न नदिइएपछि यतिखेर समस्या उब्जिएको हो । कुनै पनि हालतमा काक्रोबिहारमा बौद्ध मुर्ति स्थापना गर्नु पर्ने भन्दै आन्दोलनमा रहेको बौद्धमार्गीहरुको आन्दोलनका कारण देशनै समस्यामा धकेलिदै छ ।
मुर्ति स्थापना गर्न नदिएपछि के भइरहेको छ र के हुने छ ?
पुरातत्व विभागले २०६४ फागुन १२ गते सुर्खेतको काक्रोविहार स्थित लाटीकोइलीमा मुर्ति स्थापना गर्न अनुमति दिइसकेको थियो । बुद्ध मुर्ति स्थापना गर्नका लागि अनुमति पाएका वौद्धमार्गीले आफ्नै तयारीमा मुर्ति स्थापना अभियान थालेको थियो । बौद्धगुम्बा निर्माण्ँ तथा संरक्षण् समितिल मूति शिर्लान्यास गरेको करिब चार वर्र्षपछि २०६८ वैशाखमा १७ फिट अग्लो वुद्धको मुर्ति त्यस क्षेत्रमा ल्याएको हो । समितिले वुद्ध मुर्ति सुर्खेत ल्याए लगतै  काक्रेविहारमा मूति स्थापना गर्ने प्रयत्न गरेको थियो तर प्रशासनले वन ऐनविपरीत हुने भन्दै रोकेको थियो । स्थानिय प्रशासनले मन्त्रीपरिषदको निर्णय चाहिने भन्दै रोक लगाए पछि पुरातत्व विभागबाट अनुमति पाइसकेका बौद्धमार्गी त्यस क्षेत्रमा मूर्ति स्थापना गर्न जोड गरेका हुन । बौद्धमार्गीहरु वन ऐनलाई देखाएर नियतवश मूर्ति स्थापनामा रोक लगाउन खोजिएको बताउ“छन् । यता स्थानिय प्रशसन भने वन ऐन विपरित भएको भन्दै मन्त्रीपरिषदको निर्णय मागिरहेको छ । जसका कारण कालान्तारमा मुर्ति स्थापना गर्ने विषयले देशलाई नै समस्यमा धकेलिरहेको छ । मूर्ति स्थापना गर्न नदिएपछि स्थापना गर्न पाउनुपर्ने माग गर्दै आएका वौद्धमार्गीहरु यतिखेर आन्दोलित भइसकेका छन् । पुरातत्व विभागको अनुमति र पुरातत्व विभागले गरेको उत्खन्नमा वौद्ध विहार रहेको ८० प्रतिशत प्रमाण भेटिएको भन्दै वौद्ध मूर्ति स्थापनाका लागि वौद्धमार्गीले अन्तरिम चुनावी मन्त्री अरिषदका अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापनपत्र समेत बुझाइसकेका छन् । त्यति मात्र होइन बौद्धमार्गीहरु सिंहदरबार घेराउ सम्म पुगेका छन् । बौद्धमार्गीले पुरातत्व विभागको पूर्व स्वकृति अनुरुप काक्रेविहारमा वुद्ध मुर्ति स्थापना गर्नका लागि माग गर्दै गरिरहेको आन्दोलनले विस्तारै फरक रुप लिन थालेको छ । शान्तिपूर्णरुपमा सिंहदरबार घेराउमा बसेका वौद्धमार्गीका कारण सिंहदरबार आसपारमा सबै नाका ठप्प बनाइएको थियो । यसरी बौद्धमार्गीहरु आन्दोलित बनेता पनि सरकारले भने खासै चासो देखाएको छैन । सुरुवाती चरणमा अनिश्चितकालिन सुर्खेत बन्दमा उत्रिएका बौद्धमार्गीहरु पछिल्लो समय राजनधानी केन्द्रीत आन्दोलनमा छन् । उनीहरु कहिले प्रधानमन्त्री कार्यालय त कहिले सिंहदरबार घेराउ गरिरहेका छन् ।
क्रमिकरुपमा आन्दोलनलाई बढाइरहेका वौद्धमार्गीलाई आदिवासी जनजातिहरुको समेत समर्थन रहेको छ । बौद्धमार्गीहरु नेपालमा मात्रै होइन अन्य विभिन्न देशरुहमा समेत बसोबास गर्छन । विश्व शान्तिको प्रतिक वुद्ध जन्मिएको ठाउ“मानै वुद्धको अपमान भएको प्रति अन्तराष्ट्रिय संघ संस्थाहरुले समेत विरोध जनाइरहेका छन् । अन्तराष्ट्रिय स्तरमा समेत सोचनिय विषय बनेको बुद्ध मूर्ति स्थापनामा उत्पन्न विवाद गम्भीर विषय बनेको छ ।
वौद्धमार्गीहरु स्थानिय प्रशासन र राज्यनै धार्मिक सम्बन्ध बिगार्न उद्धत रहेको आरोप लगाइरहेका छन् । काक्रेबिहारमा वुद्ध मुर्ति स्थापना गर्नका लागि स्थानिय वासिन्दा, अन्य मर्धावलम्बीहरु समेत सहम रहेता पनि प्रशासनले अनावश्यक वहानावाजी गरेर मुर्ति स्थापना गर्न नदिनु समस्याको रुपमा बुझिरहेका छन् बौद्धमार्गीहरु ।  र्धम जस्तो सम्वेदनशील कुरामा राज्य र राज्यका शासकहरु किन सम्वेदनशील नबनेका होलान ? चौतर्फी यही प्रश्न उब्जिरहेको छ । काक्रेबिहारका हिन्दु धर्मावलम्बी र बौद्धधर्मावलम्बीहरु एक आपसमा मिलेर बसेका छन् । त्यस क्षेत्रका हिन्दु र वौद्ध मिलेका आज मात्र होइन हजारौ वर्ष भइसकेको छ । २०५७ सालमा परातत्व विभागले गरेको भग्नावसेश उत्खन्नले समेत यही कुरा प्रस्ट परेको छ । त्यसैले होला आज सम्मको इतिहासमा त्यस क्षेत्रमा बसोबास गर्दे हिन्दु र बौद्ध धर्मावलम्बीहरु चिब कुनै पनि धार्मिक समस्या छैन । तर अब भने स्थानिय प्रशासनका कारण कतै धार्मिक सन्तुलनमा असर पुग्ने होकी भन्ने आशंक बढ्दै गएको छ । त्यस क्षेत्रमा बौद्ध मुर्ति स्थापना गर्ने विषयमा त्यस क्षेत्रमा स्थानिय वासीन्दा, विभिन्न धर्मावलम्बीहरुले समेत सहमित जनाइसकेको छ । सबैको सहमति पछि मुर्ति निर्माणमा जुटेका बौद्धमार्गीहरुलाई प्रहरीले रोकेपछि सुरु भएको बिवादले देशलाई नै असहजतामा धकेलिरहेको छ । धर्मनिरपेक्ष राष्ट्रमा र सम्बन्धित निकायको अनुमति पछि स्थापना गर्न लागिएको मुर्ति नै प्रहरीले खोसेपछि समस्या झागिएको हो । प्रहरीले मूर्ति स्थापना गर्न नदिएर काक्रोबिहार क्षेत्रका हिन्दु र बौद्धधर्मावलम्बीहरु बिचको सयौ वर्ष पुरानो नाता तोड्ने खेल भइरहेको बौद्धमार्गीहरुको आरोप छ । राज्यले यो विषयमा सोच्न नसकेका कारण यतिखेर सानो देखीएको बुद्ध मूर्ति स्थापनाको विषयले भविश्यमा बिकराल रुप लिने सम्भनावना बढ्दै गएको छ । त्यसैले अब भने समस्या समाधानका लागि राज्यले नसोचेमा त्यसले आगामी दिनमा विभन्न खालको रुप लिनेछ ।
सरकारी बेवास्ताले विवाद बढ्यो ?
सुर्खेतको काक्रेबिहारमा पुरातत्व विभागले अनुमति प्रदान गरेपछि हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मन्दिर र बौद्धधर्मावलम्बीहरुको आस्थाको धरोहर बौद्ध मुर्ति स्थापनाको काम अगाडी बढेको हो । तर यतिखेर सरकारी र सरकारनी निकाय पुरातत्व विभागका कारणनै समस्या उत्पन्न भइरहेको छ । सरकारले समयमै काक्रेबिहारमा मदिर निर्माण गर्न नसक्दा अहिले विवाद उत्पन्न भएको हो । सरकारले दश वर्ष अगाडी त्यस क्षेत्रमा मन्दिर निर्माण गर्न सुरु गरेको थियो । मन्दिर निर्माण सुरु गर्दा सरकारले स्थानिय हिन्दु र बौद्ध र्धावलम्बीहरुसंग  हिन्दु तथा बौद्ध धर्मको अस्तित्व झल्किने गरी मन्दिर निर्माण गर्ने प्रतिवद्धता जनाएको थियो । सरकारी प्रतिवद्धतामा त्यस क्षेत्रका हिन्दु तथा बौद्ध धर्मावलम्बीहरु सहमत थिए । काक्रेबिहारमा हिन्दु तथा बौद्ध धर्मीहरुको उतिकै मात्रामा बसोबास पाइन्छ । बसोबास, अहिले मात्र होइन पुरानै हो । २०५७ सालमा पुरातत्व विभागले भग्नावशेष उत्खन्न गर्दा समेत हिन्दु र बौद्ध धर्मलाई जनाउने विभिन्न वस्तुहरु भेटिएका थिए । जहा“ हिन्दू धर्मका प्रतिक सरस्वती, विष्णु साथै गौतम बुद्धका पनि मूर्ति प्रसस्त भेटिएका थिए । त्यसैले काक्रेबिहारलाई अद्धितीय मन्दिर मान्ने गरिन्छ । यसैले होला पुरातत्व विभागले मन्दिर निर्माण सम्पन्न भएमा दुवै धर्मका मूतिर्हरु सजावट गरिने योजना सार्वजनिक गरेको थियो । तर यतिका वर्ष वितिसक्दा पनि मन्दीर बन्न नसके पछि बुद्धमार्गीले आङ्खनै लगानीमा काक्रेबिहारमा बुद्ध मूर्ति स्थापना गर्ने तयारी गरेको हो । सरकारका कारण नै आज वुद्ध मुर्ति स्थापना गर्ने कुराले विवादको रुप लिएको छ । यो विषयमा सरकार जवाफदेही बन्नु पर्छ । धेरैको आशय वुद्धको विषयमा कसैले राजनीतिक नगहे हुन्थ्यो भन्ने छ । अब सरकारस“ग दुई विकल्प छन् कि त्यो ठाउ“मा पुरातत्व विभागले बनाएकै संरचनामा मन्दिर तत्काल बनाउन सम्नु पर्छ, कि भने हाललाई त्यो ठाउ“मा बुद्ध मुर्ति स्थापना गर्न दिनु पर्छ । त्यस ठाउ“मा बुद्धको मुर्ति स्थापना गर्ने सवालमा नत कुनै हिन्दुले बिरोध गरेको छ नत अन्य धर्मको बिरोधछ । तर यो विषयमा राज्य आफै समस्या जरोको रुपमा दखिएदै आएको छ । सदियौ देखि मिलेर बसेका बौद्ध र हिन्दु धर्मावलम्बीबीचको नाता र सम्बन्ध अनि धार्मिक सम्मानमा राज्यका कारण नै समस्या उत्पन्न हुन लागेको छ ।
संरÔित वनको काठ सिमा पारी पुग्दा आपक्ति नहुने, त्यो वनमा बुद्ध मूर्ति स्थापना गर्दा आपक्ति किन ? भन्दै यतिखेर बौद्धमार्गीहरु प्रश्न गरिरहेका छन् । त्यस क्षेत्रमा मन्दिर बनाउम मिल्छ भने मूर्ति राख्न मिल्नु पर्ने कतिपयको तर्क छ । कतिपयले समस्या संरक्षित वनको नभएर साम्प्रदायिक सदभाव बिथोल्ने नियोजित षड्यन्त्रको रुपमा समेत बुझिरहेका छन् मुर्ति स्थापना गर्न नदिनुलाई । यतिखेर समस्याको रुपमा देखिएको मन्दिर र मूर्ति स्थापनालाई सहि र सकरात्मक रुपमा व्यवस्थापन गर्ने हो भने चाडै नै त्यस क्षेत्रमा मन्दिर र मूर्ति निर्माण गर्नु पर्दछ । मन्दिर र मूर्ति स्थापना गर्नेे हो भने हिन्दु र बौद्ध दुबै धर्मावलम्बीहरुलाई सम्मान हुने छ । एकै स्थानमा दुई फरक प्रकृति मन्दिर र बौद्ध मूर्ति स्थापना गरिएको खण्डमा त्यसले धार्मिक एकता र सम्मानको सन्देश दिने छ ।
हामी नेपाली र हाम्रा देश विश्व शान्तिका अग्रदुत गौतम बुद्ध नेपालमा जन्मिएको भन्दै गमक्क भएर छाति फुलाएर कुरा गर्दछौ । तर हामी नै बुद्ध मूर्ति स्थापना गर्न सम्म हिचकिचाइरहेका छौ । त्यसैले होला बुद्ध भारतमा जन्मिएको हो भन्ने अर्नगल प्रचार भइरहेको छ । विश्वमा विगतका इतिहास हेर्दा राज्यको विभेदकारी नीतिका कारण धेरै र ठूला धार्मिक युद्धहरु समेत भएका छन् । अहिले पनि कति देशहरुमा धार्मिक युद्ध चलिरहेको छ । धर्मको मर्म बिपरित धर्ममा राजनीति गर्नेहरुले देशका जनताको आस्था मर्धहरु बीच बिखण्डन ल्याउने प्रयत्नहरु गरिरहेको कतिपयको आरोप छ । यस्तो अवस्थामा सबै धर्महरु एक हुन सकेमा मात्र सबै धर्मको सम्मान र रक्षा हुनेछ । नेपालको सन्दर्भमा राज्यका शासकहरुले नेपालमा धार्मिक सदभाव कामय राख्नका लागि साना–साना धार्मिक विवादहरुलाई समाधान गर्दै सबै धर्मलाई समान व्यवाबहार गर्र्नु पर्छ ।
गीत नैछ जहाँ छन् बुद्धका आँखा, त्यहाँ समानता छ । बुद्धका आँखाले शान्ति बोल्दछ त्यसैले शान्तिका प्रतिक गौतम बुद्ध । गौतम बुद्ध यतिखेर आफ्नै देशमा अपमानित छन् । विश्वले विश्व शान्तिको प्रतिकको रुपमा मानेको गौतम बुद्धको नाममा यतिखेर यही देशमा अशान्त भइरहेको छ । राज्य आफै समस्या सृजना गराइरहेको छ । राज्यको निकाय पुरातत्व विभागले सुर्खेतको काक्रेबिहारमा मन्दिर निर्माण गर्न सुर ग¥र्यो र पछि बुद्ध मूर्ति स्थापना गर्नका लागि पनि अनुमति दियो । तर राज्यनले नत मन्दिर नै बनायो नत बुद्ध मूर्ति स्थापना गर्न नै दियो । जसका कारण समस्या बढिरहेको छ । पुरातत्व विभागले मन्दिर स्थापना गर्ने बेलामा हिन्दु र बौद्ध धर्मावलम्बीहरुलाई सम्मान हुने मन्दिर बनाउने र दुबै धर्माका मूर्तिहरु सजाउने आश्वासन दिएको थियो । पुरातत्व विभागको आवश्वासनमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुले सहमत जनाएका थिए तर पुरातत्व विभागले मन्दिर नबनाउदा समस्या उत्पन्न भएको हो । अब यो समस्याको समाधान राज्यले गर्नुपर्छ ।
विश्वमा विगतका इतिहासहरु हेर्दा राज्यको विभेदकारी नीतिका कारण धेरै र ठूला धार्मिक युद्धहरु समेत भएका छन् । अहिले पनि कतिपय देशहरुमा धार्मिक युद्ध चलिरहेको छ । धर्मको मर्म बिपरित धर्ममा राजनीति गर्नेहरुले देशका जनताको आस्थाको धरोहर धर्म–धर्म बीच बिखण्डन ल्याउने प्रयत्नहरु प्रयत्न भइरहेको धेरैको आरोप छ । नेपालको सन्दर्भमा राज्यका शासकहरुले नेपालमा धार्मिक सदभाव कामय राख्नका लागि साना–साना धार्मिक विवादहरुलाई समाधान गर्दै सबै धर्मलाई समान व्यवाबहार गर्र्नु पर्छ । अहिलको समस्या समाधानका लागि कि पूर्ववत सहमति अनुरुप मन्दिर निर्माण गरिनु पर्छ कि तत्कालै बौद्ध मूर्ति बन्नु पर्छ । होइन दुबै धर्मलाई सम्मान गर्नका लागि हिन्दुहरुको धार्मिक आस्थाको केन्द्र मन्दिर र बौद्धहरुको आर्मिक आस्थाको धरोहर बौद्ध मूर्ति एकै समयमा निर्माण गरिनु पर्छ त्यसले समानताको शन्देश दिने छ अनि मात्र यो समस्या समाधान हुने छ । यतिखेर यो मुद्धा अदालतमा बिचारधिन छ । अदालतले न्यागिक भूमिका निर्वाह गर्ने छै ।

Post a Comment

 
Top