0

त्यो उचाईमा पुगिसके, जहा कसैको शब्द बाण पुग्दैन

der raj- डेरराज तमू –
कान्तिपुरमा दुर्गा खनाल लेख्छन, “अशोक राईको ओरालो बाटो” उनका भनाई अनुसार किन ?
१] एमाले भित्र सबै भन्दा लोकप्रिय नेता थिए l
जवाफ : अशोक राई फोस्रो लोक प्रियताको पछाडी भाग्ने नेता हैनन् l उनि आफ्नो लोकप्रियता हैन, उत्पीडित जनताको उन्मुक्ति चाहने इमान्दार नेता हुन् l
२] कुनै समयको आफ्नै कार्यकर्ता उपेन्द्र यादवको दोश्रो बरियतामा बसे l
जवाफ : राजनीति भनेकै त्याग, धैर्यता, जनता र देशको सेवाको अर्को नाम हो l नेल्सन मन्डेलाको त्यागले आधुनिक अफ्रिका बनेको हो l राजनीतिलाई पेशा सम्झने दुर्गा बरालहरुले गर्ने घटिया कुरा मात्रै हो यो l
३] संघिय समाजवादी पार्टीले दोश्रो संविधान सभामा अपेक्षकृत परिणाम नल्याएकोले उपेन्द्रको शरणमा परेको हो l
जवाफ : संघीय समाजवादी राजनैतिक सिद्धान्तलाई स्थापित गर्ने भनेर नै यसको खातिर उनले आफ्नो सबै गुमाउन तयार भएका हुन् l यो राजनैतिक सिद्धान्तसंग सहमत हुने सबै राजनैतिक पार्टीहरु संग शरण पर्नु परोस, समाहित गर्नु परोस या एकीकरण गर्न परोस जे गर्न पनि हामी तयार छौ l दुर्गा बरालले जे भने पनि हाम्रो भाषामा यो कार्यलाई पार्टी एकिकरण भन्छौं l
४] एमाले भित्र उनले धेरै लाभ लिन सक्थ्यो l २/३ पटक संसद र मन्त्रि भैसकेका थिए l
जवाफ : दुर्गा बराल जस्तो सचेत पत्रकारले नै राजनीति भनेको व्यक्तिगत लाभ र अवसर लिनु हो भन्ने अर्थ लगाए पछि साच्चै व्यक्तिगत लाभ र अवसरको लागी राजनीति गरि रहेकाहरुले त सम्मान र प्रसंसा पत्रको दाबि गरे भयो नि l बाराल ज्यु दिनु होला उनीहरुलाई यो राजनीतिक योग्याताको प्रमाण पत्र l हामीलाई चाहिएको छैन l
५] अशोक राई सालिन, भद्र, कुसल संगठक र एउटा इमान्दार राजनितिग्य हुन् l ज
वाफ : त्यसैले त एमाले भ्रष्ट, कमिसनखोर, गुण्डातन्त्र, एकात्मकवाद, प्रतिगामन र यथास्थितिवादको पक्षपोषण गर्न थाले पछि उनि त्यस्तो फोहरको डङ्गुरमा बस्न रुचाएनन l त्यसैले ओरालो बाटो हैन, अशोक राई निकै उचाईमा पुगी सके जहा तपाईको काइते आलोचनाको शब्दबाणहरु पनि पुग्न सक्दैन l अशोक राईलाई निच देखाउने प्रयास गर्दा दुर्गा बराल भन्ने पत्रकार ज्युको आफ्नै धोति खुस्के पत्तै भएन l नत्र फर्केर एक पटक आफ्नै लेख राम्ररी पढ्नु होला जहा तपाई कति पूर्वाग्रही मान्छे हो, राजनीतिलाई कति बुझ्नु भएको रहेछ, कस्तो रुपमा हेर्नु हुँदो रहेछ भन्ने थाहा लाग्ने छ l सारा दुनियाले पनि यो लेख मार्फत तपाईलाई चिन्न पाएका छन् l

Post a Comment

 
Top