0
घरले च्यापेर बालकको मृत्यु
 १२ असार 
 
 लगातार तीन दिनसम्म आएको वर्षाका कारण घर भत्किएर अछाममा एक बालकको ज्यान गएको छ । 
 
अछामको वीरपथ गाविस वडा नं १ का कमल खड्काका नौ वर्षीय छोरा लालबहादुर खड्काको गएराति घर भत्किएर ज्यान गएको हो । 
 
जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार लगातारको वर्षाले घर भत्किन थालेपछि घरका अरु सबै परिवार बाहिर निस्कन सफल भएको र लालबहादुर भने च्यापिएका थिए । बुधबार रातिबाट सुरु भएको वर्षाले यस पटक अछामका सम्पूर्ण ग्रामीण सडकहरु अवरुद्ध भएका छन् भने ठाउँठाउँमा साना ठूला पहिरोसमेत गएका छन् ।

Post a Comment

 
Top