0
राष्ट्रपतिसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

१० असार 

 राष्ट्रपति डा रामवरण यादवसँग भारतका विदेशमन्त्री सुष्मा स्वराजले आज राष्ट्रपति निवास, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो । 

त्यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल हुनाका साथै भूकम्पबाट नेपालमा भएको क्षतिबारे पनि कुराकानी भएको थियो । प्राकृतिक विपत्तिका बेला भारतले तत्काल खोज, उद्धार र राहतका काममा सघाएकामा भारतप्रति कृतज्ञता ज्ञापन गर्दै राष्ट्रपतिले अबको पुनःनिर्माण, पुनःस्थापना, पुनर्वास र नवनिर्माणमा पनि सहयोग गर्न विदेशमन्त्रीलाई आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले  बताउनुभयो । 

विदेशमन्त्री स्वराजले भारत सरकार नेपाल सरकार र नेपाली जनताका साथ रहेका बताउँदै विपत्तिपछिको नेपालको पुनःनिर्माणलगायत काममा उदार हृदयले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी सल्लाहकार दाहालले दिनुभयो । 

सो अवसरमा राष्ट्रपतिका कानुनी सल्लाहकार सूर्य ढुङ्गेल, राष्ट्रपति कार्यालयका सचिव अनुपकुमार उपाध्याय, नेपालका लागि भारतीय राजदूत रणजीत राय र यहाँस्थित भारतीय दूतावासका उच्च अधिकारीहरुको उपस्थिति थियो । 

Post a Comment

 
Top