0
दाता सम्मेलनको उद्घाटन सत्रबाट नेपलको पुर्ननिर्माणका लागी ३ खर्व ३९ अर्ब
असार १० 
 भुकम्पबाट क्षतिग्रस्त भएका संरचनाहरको पुनर्निमाणका लागि छिमेकी मुलुक र दातृ निकायहरुले  करिब साँढे ३ खर्ब रुपैयाँ सहयोगको घोषणा गरेका छन् । सरकारले नेपालको पुनर्निमाणका लागि काठमाडौमा विहिवार गरेको अन्र्तराष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा छिमेकी मुलुक र दातृ निकायहरुले ३ खर्ब ३९ अर्ब रुपैयनँ सहयोगको घोषणा गरेका हुन् । छिमेकी मुलुक र दातृ निकायहरुले गरेको सहयोगको यो घोषणा सरकारले पुनर्निमाणका लागि अनुमान गरेको रकमको ५० प्रतिशतभन्दा बढी हो । 
 
सरकारले पुनर्निमाणका लागि ६ खर्ब ६६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ । पुनर्निमाणका लागि छिमेकी मुलुक भारतले सबैभन्दा धेरै रकम सहयोगको प्रतिबद्धता जनाएको छ । भारतीय विदेशमन्त्री सुस्मा स्वराजले सबैभन्दा नजिकको मित्रको नाताले नेपाललाई नेतृत्वदायी सहयोग गर्नुलाई भारतले आफ्नो दायित्व सम्झिएको भन्दै पुनर्निमाणका लागि १ खर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो । उहाँले एक खर्बमध्ये एक चौथाइ अर्थात २५ अर्ब रुपैयाँ अनुदानको रुपमा दिने बताउनुभयो । उहाँले भारतले गर्दै आएको द्विपक्षीय विकास सहायता रकम पनि  बढाएर पाँच वर्षमा एक खर्ब रुपैयाँ पु¥याउने र त्यसमध्ये ४० अर्ब रुपैयाँ अनुदान हुने बताउनुभयो । 
 
भारतीय विदेशमन्त्री स्वराजले पीडिएनएले लिएका लक्ष्य पूरा गर्नका लागि प्रभावकारी र पारदर्शी रुपमा बजेट खर्च गर्ने बलियो संयन्त्र चाहिने र त्यस्तो संयन्त्रमा थकित नहुने क्षमतावान व्यक्तिहरुको आवश्यकता पर्ने  बताउनुभयो । सम्मेलनमा अर्को छिमेकी चीनले पुनर्निमाणका लागि ४ अर्ब ७० करोड चिनियाँ युआन अर्थात ७६ अर्ब ८४ करोड रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले भुकम्पबाट क्षतिग्रस्त भएका विद्यालय, सडक र घरहरु बनाउनका लागि चीन इच्छुक रहेको भन्दै त्यसका लागि सन् २०१८ सम्ममा ४ अर्ब ७० करोड चिनियाँ युआन सहयोग गर्ने घोषणा गर्नुभयो । 
 
सम्मेलनको उद्घाटन सत्रमा एसियाली विकास बैंकले ६० अर्ब, विश्व बैंकले ५० अर्ब, जापानले २६ अर्ब, अमेरिकाले १३ अर्ब, युरोपियन युनियनले ११ अर्ब र नर्वेले ३ अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन् । सम्मेलनमा ५३ मुलुक र संस्थाका प्रतिनिधि सहभागी भएकामा कतिपय दातृ मुलुक र संस्थाहरुले सहयोग रकम प्राविधिक सत्रपछि घोषणा गर्ने अर्थ मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । 

Post a Comment

 
Top