0
स्याब्रुम्बावासी अव उज्यालो वत्तिमा 
असार १०,

वर्षौअघि देखि अन्धकारमा वस्दै आएका सुख्खाग्रस्त क्षेत्र स्याब्रुम्बाका स्थानियवासी अव उज्यालो वत्ती पाउने भएका छन् ।

नेपाल विधुत प्राधिकरणले त्यस भेगका स्थानियलाई ३ करोड २८ लाख ३४ हजार रुपैया ८ सय ७६ रुपैयाको लगानीमा विधुत विस्तार गर्न लागेको हो ।

लगानी गर्न लागेको कुल रकम मध्ये सेवाग्राहीले विधुत सहकारी संस्था स्याब्रुम्बा मार्फत १० प्रतिशत रकम ४५ दिन भित्र जम्मा गरिसक्नुपर्ने हुन्छ ।

त्यस क्षेत्रमा विधुतीकरण भए त्यस गाविसका ७ सय २४ जना लाभान्वित हुने सहकारी संस्थाका अध्यक्ष जय चेम्जोङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ विधुत प्राधिकरणले नै वत्ति वाल्नलाई सहयोग गर्छु भनेपछि हामी अत्यन्तै हर्षित भएका छौ,त्यसका लागि स्थानिय बाट १० प्रतिशत रकम समेत संकलनका लागि जुटिसक्यौ, अव चाँडै रकम बेंकमा जम्मा गरेर योजनाको काम अघि वढाउने छौ ।”

त्यस क्षेत्रको यासोक,रानीगाऊ गाविसमा विधुतीकरण भएपनि अहिलेसम्म स्याब्रुम्बा गाविसमा भने विधुतीकरण नभएपछि स्थानिय दियोलो र टुकीको भरमा वस्न वाध्य छन् ।

Post a Comment

 
Top