0
दारेचोक र काउलेमा राहत र परिचयपत्र वितरण रोक
 असार १०, 
दारेचोक र काउले गाविसको भुकम्प प्रभावितहरुलाई राहत र परिचयपत्र वितरण कार्य केही समयको लागि रोक्न र अन्य नगरपालिका र गाविसहरुमा ३ दिन भित्रमा परिचय पत्र वितरण गर्न प्रमुख जिल्ला अधिकारीले निर्देशन दिनुभएको छ ।
जिल्ला दैवि प्रकोप उद्धार समितिको आज (विहिवार) बसेको बैठकमा समितिका अध्यक्ष रहनु भएका प्रजिअ विनोद प्रकाश सिंहले सम्बन्धित निकायका प्रमुखहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।
दारेचोक र काउले गाविसमा पहिले आएको तथ्याङक भन्दा परिचय वितरणको बेला दोब्बर बढी तथ्याङक आएको र अध्यावधिक हुन नसकेको कारण सो २ गाविसको परिचयपत्र वितरण र ।ाहत रकम रोकी १० दिन भित्र २ वटा प्राविधिक सहितको टोली बनाई सत्य तथ्य अनुगमन गरेपछि मात्र वितरण गर्न समेत निर्णय गरिएको हो । 
चितवन जिल्ला भरिका २२ गाविस तथा नगरपालिकाहरुमा भुकम्पको क्षति भएको मध्ये दारेचोक र काउलेको तथ्याङक अध्यावधिक नभएको, रत्ननगर नगरपालिकाले परिचयपत्र नलगेको अन्य १२ गाविस र नगरपालिकाले परिचय पत्र लगेको मात्र वितरण नगरेको, ३ गाविसले परिचयपत्र मात्र वितरण गरेको र ४ गाविसले रकम सकिएर माग भएको तथ्याङकमा सार्वजानिक गरिएको थियो ।
पछिल्लो तथ्याङक अनुसार पुर्ण क्षति भएको धरधुरीमा  २३ सय ३६ मा  ६ सय ८४ थप भएको छ भने आशिंक क्षतिमा १४ सय १८ थप भएको छ । साथै बैठकले स्थानान्तरण गर्नुपर्ने स्थानको एकिन विवरण तयारगरि १० दिन भित्रमा तथ्याङ उपलब्ध गराउन समेत निर्णय भएको थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी ,सथानिय विकास अधिकारी, जिल्लाका पार्टीका प्रमुखहरु र प्रतिनिधिहरु र कार्यालयका प्रमुखहरु , गाविस सचिवहरुको उपस्थिति रहेको थियो ।
यस्तैगरि भष्ट्राचार विरुद्ध अभियान नेपाल चितवनले भुकम्प पिडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरि २ लाख १२ हजार ९ सय ५५ प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको छ ।
अभियानका अध्यक्ष भिम बहादुर श्रेष्ठले सो रकम प्रमुख जिल्ला अधिकार िबिनोद प्रकाश सिंहलाई बुझाउनु  भएको हो । २६ जना सदस्य तथा सहयोगदाताहरुले जम्मा गर्नु भएको रकम मध्य भगवती श्रेष्ठ र यम प्रसाद श्रेष्ठ मार्फत १ लाख ५ हजार सहयोग गर्नु भएको थियो ।

Post a Comment

 
Top