नेपाल–भारत सीमास्तम्भ मर्मत कार्य पूरा
९ असार ।
नवलपरासीमा रहेका नेपाल–भारत सीमानामा पर्ने सबै सीमास्तम्भको मर्मत कार्य पूरा भएको छ ।
नेपाल र भारत दुवैतर्फका संयुक्त प्राविधिक टोलीले पछिल्लो करिब दुई महिनादेखि नवलपरासी एवम् भारतको महाराजगन्ज जिल्लाको बीच सीमा क्षेत्रमा रहेका १६ वटा सीमास्तम्भको मर्मत कार्य पूरा गरेको नेपालतर्फको टोलीका प्रमुख निर्मलकुमार आचार्यले बताउनुभयो ।
नेपाल सरकारको नापी विभागका प्रमुख नापी अधिकृतसमेत रहनुभएका आचार्यका अनुसार टोलीले नवलपरासीमा रहेको ४९७ देखि ५०९ नम्बरको स्तम्भको मर्मत गरेको छ । नवलपरासीको गेरमी गाविसस्थित विष्णुपुरा नाकामा पूर्णरुपमा ध्वस्त भएको एक नयाँ सीमा स्तम्भ निर्माणसमेत गरेको बताइएको छ ।
नापी विभागका प्रमुख नापी अधिकृत निर्मल आचार्यका अनुसार नयाँ निर्माण गरेको स्तम्भको सङ्ख्या नं ५०९ छ । भारतको महाराजगन्ज जिल्ला र नवलपरासीको सीमा क्षेत्र दुईवटा सहायक र १२ वटा प्रमुख सीमा स्तम्भ रहेका थिए । नक्सामा स्तम्भ देखिएकाले हामीले यसअघि १५ वटा भन्दै आएका थियौँ तर १५ वटा मात्र थिए अहिले नयाँ बनेसँगै १६ वटा पुगेको छ । थपिएको स्तम्भ मुख्य स्तम्भ हो ।
सीमास्तम्भको मर्मत एवम् निरीक्षण कार्यमा नेपालका तर्फबाट नापी विभाग टोफोग्राफी शाखाका प्रमुख नापी अधिकृत निर्मल आचार्यको नेतृत्वमा सात जनाको टोली एवम् भारतको तर्फबाट सर्वे अफ इन्डियाका अधिकृत अरी सिंहको नेतृत्वमा पाँच जनाको टोली गरी संयुक्त सर्वे टोलीमा १२ जनाको प्राविधिक समूह रहेको थियो ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीका अनुसार जिल्लाको गेरमी गाविस–६ को चिमन टोलादेखि पक्लिहवा गाविस–९ सकरदिन गाउँसम्म उक्त स्तम्भहरु रहेका छन् ।
जिल्लाको दसगजा क्षेत्र २८ किमी क्षेत्रफलमा फैलिएको छ । जसमा ४९७ नंदेखि सुरु भएको सीमा स्तम्भहरु ५०९ नंसम्मका रहेका छन् ।
भारत र नेपालका संयुक्त प्राविधिक टोली चैतदेखि नवलपरासी, रुपन्देही र कपिलवस्तुको सीमा क्षेत्रमा रहेका सीमास्तम्भको अनुगमन एवम् मर्मत गरिने योजनाअन्तर्गतको कार्य योजना भएको भए पनि करिब दुई महिनादेखि खटिएको टोलीले रुपन्देही र नवलपरासीका स्तम्भको मर्मतको काम सकेको छ ।

Post a Comment