0
सर्पदशंको उपचार गर्ने अस्पताल नहुँदा समस्या 
 नवलपरासी जिल्लाको नवलपुर क्षेत्रमा सर्पदशंको उपचार गर्ने अस्पताल नहँुदा समस्या परेको छ । 
 
नवलपरासीलाई सर्पदशंको उच्च जोखिममा रहेको जिल्लाका रुपमा लिइए पनि सर्पको टोकाइपछि उपचार गर्ने अस्पताल नहँुदा बर्सेनि यस क्षेत्रबाट सर्पको टोकाइका कारण दर्जनौँले ज्यान गुमाउने गरेका छन् । 
 
नवलपरासीको परासीमा रहेको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा सर्पदशंको भ्याक्सिनको व्यवस्था भए पनि दाउन्नेदेखि पूर्वतर्फको नवलपुर क्षेत्रमा सर्पदंशविरुद्धको भ्याक्सिनको व्यवस्था नहुँदा सर्पले टोकेका बिरामीलाई चितवनको भरतपुरनै लैजानुपर्ने बाध्यता रहेको छ । 
 
नवपुर क्षेत्रमा सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल भए पनि तिनीहरू कुनैमा पनि सर्पदशंको भ्याक्सिनसहितको उपचार व्यवस्था नहुँदा समस्या परेको हो । 
 
विगत केही वर्ष अगाडि कालिगण्डकी अस्पताल कावासोतीमा सर्पदशंको उपचारको व्यवस्था थियो । तर हाल त्यस अस्पतालमा सर्पदशंविरुद्धको उपचार व्यवस्था छैन । 
 
हाल सर्पको टोकेका बिरामी दैनिक चार÷पाँचजना आउने गरेको भए पनि अस्पतालमा औषधि नभएको पृथ्वी चन्द्र अस्पताल परासीका प्रमुख डा नुरुल होदाले बताउनुभयो ।

Post a Comment

 
Top