0
महिलाको सक्रियतामा मदिरा बिक्री नियन्त्रण
 २७ असार 
गाउँमा महिलाको सक्रियता बढेपछि बैतडीको कैलपाल गाविस क्षेत्रमा खुला रुपमा हुँदै आएको मादकपदार्थ बिक्री–वितरणमा नियन्त्रण भएको छ ।

विभिन्न घरायसी विवाद, घरेलु हिंसा आत्महत्यालगायत घटना मदिराकै कारण हुन थालेको बताउँदै महिला मदिरा नियन्त्रण अभियानमा जुटेका हुन् ।
यहाँको कैलपाल गाविस–८ गेरडा र ९ डैसिलीलाई महिला मदिरा नियन्त्रण गर्न सक्रिय भएका छन् । महिलाको उक्त कार्यलाई प्रहरी प्रशासनले समेत अहिले साथ दिइरहेको छ । महिलाले सो क्षेत्रमा मदिरा बिक्रीमा रोक लगाउन प्रहरीसमक्ष आग्रह गरेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

Post a Comment

 
Top