0



POST PHOTO/KIRAN PANDAY/KANTIPUR







१२ हजार डिभिपिआर धारीको जागिर जाने

केदार भण्डारी · 

बिसुद्ध देशभक्ति र सेवाभावले गरिने जनसेवाको यदि स्वर्णपदक प्रदान गरिने व्यवस्था छ भने मेरो नजरमा लामो निष्ठाको यस दौडमा सफल भएकोमा मन्त्रि लाल बाबु पण्डित यसको असली हकदार हुनुहुन्छ | वहालाई सबैले सलाम गरौ ! यदि एमाले पार्टीका कार्यकर्ता तपाईं हुनुहुन्छ भने देशभक्तिको यो लडाइ लालबाबु पण्डितको जस्तै तपाइको आफ्नु सैधान्तिक ,व्यवहारिक र देशभक्ति संग जोडिएका अनेकौ बिक्रितीहरु छन् तिनीहरुलाइ पर्दाफाश गर्ने दण्ड भए दण्ड नत्र पुरष्कार थाप्न पनि होइन भन्ने उत्सर्ग संग पार्टीसंग जीवन साट्नु भएका साथीहरु हो अब बेला भएन र ? अब समय भएँ र आफ्नु सिद्धान्तको चुरो नबिर्सिकन कसरि जनताको मायाले एमालेलाई अहिले सम्म केवल नौ महिने सरकारको इन्जिन जस्तो नभएर जसरि काठे पाङ्ग्राहरुको बग्गी जसरि कहिले काही झल्किने सुशाशन जस्तै अर्को प्रगतिशील कार्यक्रमको ? आफ्नु आफ्नु क्षेत्रमा क्ष्यमता भएका ,पुस्ठी भैसकेका सिद्द हस्त न्याय्प्रेमिहरु , गलतलाई गलत भन्न सक्ने र अडान राख्न सक्ने हिम्मत गर्यो भने जनताको अबीरल साथ् रहने रहेछ भन्ने प्रेरणाको अवसर पनि हो | देशभक्ति पार्टी बिसेसको नीति होइन भन्ने कुराको अर्थ बुझेका केहि सफल एमाले मन्त्रीहरुको लिस्टमा लाल बाबु पक्कै पर्नुहुन्छ ! खुशी लाग्यो ! लामो रस्साकस्सीका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभिपिआर धारी कर्मचारी विरुद्धको युद्ध जितेका छन ।

व्यवस्थापिका संसदले निजामति सेवा ऐन २०७२ पारित गरेको छ । बिधेयक पारित भएसँगै  डिभिपिआर धारी कर्मचारीलाई कारवाही गर्ने बाटो खुलेको हो ।
मन्त्री परिषदमै केहि बरिष्ठ मन्त्रीहरुको अवरोधका बिच मन्त्री पण्डितले बिधेयकका पक्षमा अडान राखेका थिए । उनकै एक्लो प्रयासले नेपालको निजामति सेवामा सुद्धिकरणको नयाँ अध्याय सुरु भएको छ ।
नेपालको निजामति सेवामा विदेशी मुलुकको स्थायी बसोबास सम्बन्धी परिचयपत्र बाहक १२ हजार भन्दा बढि कर्मचारी रहेका छन । उनीहरुले अमेरिकाको ग्रिन कार्ड, क्यानडाको पिआर र अष्टे«लिया लगायतका अन्य मुलुकहरुको स्थायी बसोबासको प्रमाण पत्र लिएका छन ।
डिभिपिआर धारी कर्मचारीलाई कारवाही गर्ने बाटो खुलेसँगै अब विदेशमा स्थायी बसोबासको प्रमाण पत्र बाहक राजनीतिज्ञहरुलाई समेत नैतिक संकट बढेको छ । अब त्यस्ता राजनितिज्ञलाई समेत राजनीतिबाट मुक्त हुन दबाव बढ्नेछ ।

Post a Comment

 
Top