0
आगलागीमा रु पच्चीस लाखको क्षति२३ फागुन  
मेचीनगर–२ स्थित किरण किराना पसलमा आगलागी हुँदा रु २५ लाखभन्दा बढी मूल्यको मालसामान डढेर क्षति भएको छ । 
 
पसलका सञ्चालक दिलीप साहले गए राति १२ बजेतिर विद्युत् चुहावट भएर पसलमा आगो सल्केको हुन सक्ने बताउँदै मेचीनगर नगरपालिकाको दमकलले आगो निभाएको जानकारी दिनुभयो । पसल सञ्चालक पसल नजिकै बस्दै आए पनि आगलागीका बेला उहाँहरुको परिवारै आफन्तको बिहेमा गएका कारण आगो लागेको बेलैमा थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

Post a Comment

 
Top