Latest News

0
काँग्रेस मतदानमा सुरक्षा व्यवस्था कडा
२३ फागुन 
नेपाली काँग्रेसको १३औँ महाधिवेशन अन्तर्गत पौने ९ बजेदेखि सुरु भएको मतदानका लागि राष्ट्रिय सभा गृहको सुरक्षा कडा बनाइएको छ । 
 
सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि बन्द सत्रमा भन्दा बढी सुरक्षाकर्मी मतदानमा खटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन भृकुटीमण्डप क्षेत्रमा सवारी साधन पार्किङ गर्न निषेध गरिएको महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले राससलाई जानकारी दिनुभयो । 
 
मतदानका लागि सभागृहभित्र र वरिपरिको परिसरमा ४५० सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो 
 
बिहान ८ बजे सुरु हुने भनिए पनि मतदान ढिलो आरम्भ भएको थियो । साँझ ५ बजेसम्म मतदान जारी रहने काँग्रेस निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । पदाधिकारीसहित ६४ पदका लागि ३१२ प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । तीन हजार १६१ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्वका लागि मतदान गरिरहेका छन् । 

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top