0

 आठ माओवादी लडाकू मारिए

१८ फागुन 
 भारतीय राज्य छत्तीसगढ र अर्काे दक्षिणी राज्य तेलङ्गनामा सुरक्षाकर्मीको कारबाहीमा परी माओवादी विद्रोहीका आठजना लडाकू मारिएको समाचार छ । 

तेलङ्गना र छत्तीसगढ प्रहरीको संयुक्त कारबाहीमा ती लडाकू मारिएका समाचारमा जनाइएको छ । उनीहरुले कारबाहीका लागि केही महिनायतादेखि संयुक्त समूह निर्माण गरेका छन् । 

मङ्गलबार गरिएको संयुक्त कारबाहीका क्रममा आठजना नक्सलाइट विद्रोही मारिएका भारनतीय सुरक्षा निकायका अधिकारीले जानकारी दिएका छन् । 

एकजना वरिष्ठ प्रहरी अधिकारीले दिएको जानकारीअनुसार पाँच महिलासहित आठजनाको ज्यान गएको हो । नक्सलाइटको लडाकूमा महिला पनि रहेका पाइएको छ । 

हरि किसन नामका ती नक्सलाईट विद्रोही नेतालाई कारबाहीका लागि सो सुरक्षा गस्ती परिचालन गरिएकोमा उनी भने भागेका पनि प्रहरी अधिकारीले जनाएका छन् । 

Post a Comment

 
Top