नयाँ गर्ने नाममा विभिन्न विचार र बहस भैरहन्छन् । त्यो बहस समाज रुपान्तरणमा कति प्रयोग भयो वा भएन यो इतिहासले देखाउने छ । समाज रुपान्तरणको लागि इतिहासका विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलन,जनयुद्ध,जनआन्दोलन मुलतः जनताको अधिकार प्राप्तिको निम्ति चलाइएका हरेक आन्दोलनमा सबै वर्ग क्षेत्रका जनताको सहभागिता रहेको छ, त्यसमा दलित समुदायले पनि आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्यो । तर, दलितका मुद्दाहरू अझैपनि ओझेलमै छन् ।
अहिले पनि समाजमा दलितलाई गर्ने व्यवहार उस्तै छ ।
नयाँ संविधानमा पनि दलितका मुद्दा भने जस्तो गरी समेटिएको छैन् । पुराना राजनीतिक पार्टीहरूबाट अब दलित अधिकारका मुद्दालाई उठाउने र त्यसलाई नयाँ ढंगले हल गर्ने हैसियत राख्दैनन् ।
त्यसकारण दलितका मुद्दा अब नयाँ सोच, नयाँ विचार सहित अगाडि बढ्न जरुरी भएको छ । त्यो सोचका साथ हामी नयाँ शक्ति निर्माण गर्ने अभियानमा छौँ । नयाँ शक्तिले सबै क्षेत्र वर्गलाई समेट्ने गरी समावेशी÷समानुपातिक÷ सहभागितामुलक मुद्दालाई मुख्य मुद्दा बनाएको छ । जसले यो समुदायले उठाएका धेरै कुरा समेट्ने छ ।
यसमा सबै वर्ग समेटिने र राजनीतिलाई आर्थिक नजरबाट हेर्ने बेला आएको बुझ्न जरुरी छ । नेपालमा भएका सबै राजजीतिक अभियानमा नयाँ सोचका साथ नयाँ बहस र सही कार्यविधि प्रयोग गरिएको संरचना निर्माण गर्नुपर्छ, जसले परिणाम निकाल्न सकोस् । त्यसैले देश विकासका लागि नयाँ शक्तिले पाँच ‘स’ लाई मुख्य मुद्दाको रुपमा अघि सारेका छौँ ।
जुन पार्टीले आफ्ना अधिकारका मुद्दा उठाउँछ र समुदायलाई कदर गरेको हुन्छ, त्यसकापछि लाग्ने परिपाटी हिजो देखिनै हुँदै आएको हो । त्यसैले त्यो के हो भने हिजो समावेशी सहभागिताका कुराहरू जनयुद्धले पनि उठान गरेको हो र सबैलाई थाहा भएकै छ ।
हिजो जनयुद्धमा लागेका सबै महिला, दलित, मधेशी र जनजातिहरू अहिले पनि त्यो पार्टीमा पछाडि पारिएका छन् । जातिय विभेद विरुद्ध बन्दुक बोकेका समुदाय अहिले फेरि जातिय विभेद भोग्नु परेको छ । हिजो जस्तै अहिले पनि दलित समुदायलाई छोइछिटो गर्ने कु–संस्कार कायमनै छ ।
त्यो कु–संस्कारलाई चिर्नका लागि हिजोका राजनीतिक आन्दोलनले केही हदसम्म समाबेस गरेको देखिए ।
तसर्थ, अब त्यसलाई कार्यान्वयन गर्ने सबालमा हामी सबै वर्ग एक ठाउँमा रहेर आर्थिक रुपले सम्पन्न हुनुपर्छ अनि हरेक समस्याहरु चरणगत समाधान हुँदै जानेछन् भन्ने नयाँ शक्तिको ठम्याइ हो । हिजो त्यस्तै कु–संस्कारमा परेका पिल्सिएका वर्गलाई सम्पूर्ण तहमा आफ्नो पहिचान गराउने भन्ने कुरा जनयुद्धले उठाएका कुराहरू थिए त्यस्तै गर्दा पनि अग्रसरता भएका हुन् ।
स्वधिनता, समतामुलक समृद्धि, समावेशी, समानुपातिक सहभागिता मुलक लोकतन्त्र, सुसासन सदाचार र समुन्नत समाजवाद भनिएको छ यस्ले नेपालको वास्तविक चित्रलाई साझा फ्रेममा राखेर विकास गर्ने छ ।
नयाँ शक्तिले तयार गरेको फ्रेममा सबै नेपालीहरुको तस्बितर एउटै ठाउँमा अटाउनुपर्छ ।
जुन समुदाय सबैभन्दा पछाडि परेको छ त्यो भनेको दलित समुदाय नै हो । अहिले पनि मानिस –मानिस बिच पानी चल्दैन् । त्यसको विरुद्ध पछाडि पारिएको समुदाय नीति निर्माण तहमा पुग्नैपर्छ । पछिपारिएको समुदायले विकास गर्नको लागि जनसख्याको प्रतिशतको आधारमा प्रतिनिधि सुनिश्चित गरिन्छ त्यो हाम्रो लागि राम्रो हो ।
आसावादी छु, किन भने प्रतिशतको आधारमा प्रतिनिधि सुनिश्चित गरिनु भन्नु नै हाम्रो अधिकारलाई स्थान दिने कुरा हो । यस्ता विधिलाई राज्यका सबै निकायमा कार्यान्वयनको सुनिश्चितताको पहल कदमी नयाँ शक्तिले लिनेछ ।
यहाँ विशिष्टताको पहिचानलाई साझा ढंगले उठान गरिएको छ । सम्पुर्ण ठाउँमा अधिकार समपन्न गराउन यसका दस्तावेजहरू स्वमुखारित भएको छ र यसले गर्दा पनि हाम्रो अधिकार सुनिश्चितताको ग्यारेन्टी पहिलो चरण पुरा भएको छ भन्ने बुझ्नु पर्दछ ।
यसमा राजनीतिक पार्टीहरुले आ–आफनो ठाउँबाट नाम र योगदानले दलितलाई संस्थागत गर्ने कुरा उठाएकै हो । तर, खास गरेर जनयुद्ध र जनआन्दोलनले पनि यसमा महत्वपूर्ण भूमिका खेलेको छ । हिजो त्यही संघीयताले उठाएका सबाल हो, अव यसलाई कार्यान्वयन गर्नमा नयाँ शक्तिले नयाँ र सशक्त ढंगले आवाज उठाउँछ । नयाँ शक्तिले दलितका अधिकार स्थापित गर्ने ग्यारेन्टी दिन्छ भन्ने फेरी दोहोर्याउन चाहन्छु ।
पार्टीको भिडमा अर्को पार्टी थप नयाँ शक्ति बनेको होइन । हामी सबै क्षेत्रमा नयाँ विचार सहितको नयाँ कार्यशैली अपनाएर संगठन निर्माण र विस्तार गर्ने भएका छौँ । त्यस्ले गर्दा हाम्रो सम्पूर्ण संरचनाहरु नयाँ पनमा ल्याउनुपर्छ भन्ने कुरामा सहमत भईसकेका छौं ।
सांगाठनिक संरचना लगायतका अन्य संरचनामा पनि सम्पूर्णं भूगोलको प्रतिनिधित्व सँगै दलितको प्रतिनिधित्वको सुनिश्चितता नै नयाँ पन हो । त्यसकारणले गर्दा हामी विगतमा फर्कन चाहन्नौँ विगतका पार्टीको समिक्षा गरेर नयाँ ढंगले समृद्धि हासिल गर्न नयाँ शक्तिले आफ्नो चालिसकेको छ । अधिकार सम्पन्न गर्ने हिसाबले हामी अधि बढ्न चाहन्छौ भन्ने क्ुरा नयाँ शक्तिको व्यवहारले क्रमश स्पष्ट पार्दै लैजान्छ छ ।
दलित समुदाय जो हिजो देखि नै शब्दको आधारमा एउटा मान्छेलाई दलित बनाएको हो । हामी मान्छे मान्छे सबै बराबर हौँ, मात्र भौतिक रुपले फरक हुने हो, मानविय संरचनामा उत्तिकै समानता हुँदा पनि दलितलाई अपेक्षित शब्दमा राखिनु गलत हो । यस्ता कुरालाई निर्मुल पार्न र सबै मान्छेले मान्छेलाई मान्छेको आँखाबाट हेर्ने विचार नयाँ शक्तिले लिएको प्रष्ट पार्दै सम्पूर्णलाई यो अभियानमा हातेमालो गर्दै अगाडि जानुपर्छ ।
जीवन भरि निस्वार्थ रुपमा राजनीतिक जीवनलाई त्यागेको समृद्धिको लक्ष छ, हामीसँग स्वच्छ नेतृत्व छ, त्यो नेतृत्वले अपनाएको सिद्धन्तलाई कार्यान्वयन गर्ने इच्छा शक्तिमा आम दलित समुदायले हातेमालो गरिदिनु भयो भने भोलीको दिनमा नयाँ नेपालमा दलितको पनि उचित बर्चस्व रहने कुरालाई मनन गर्दै पूर्ण विश्वासका साथ यो समुदाय अगाडि बढ्ने छ ।
(श्रीपाइली सुकुम्वासी व्यवस्थापन तथा सामाजिक सुरक्षा विभाग संयोजक हुन्)
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.