Latest News

0

खर्च अभावमा भेरीमालिका नगरपालिका–२, रिसांगका १२ वर्षीय लक्ष्मण विक उपचारबाट वञ्चित भएका छन् ।
घाँस काट्ने क्रममा पाँच दिनअघि रूखबाट खसेका विकको टाउकोमा गम्भीर चोट लागेको छ । सघन उपचारको अभावमा उनी बेहोस अवस्थामै जाजरकोट अस्पतालको श्ययामा छन् । विष्णु प्राथमिक विद्यालय नेटामा कक्षा ५ मा अध्ययनरत विकको रूखबाट खसेदेखि नै होस खुलेको छैन । घाइते विकलाई छिमेकको सहयोगमा नेपालगन्ज मेडिकल कलेजमा पु¥याइएको थियो ।
गाउँलेको चन्दा सहयोगबाट उठेको रु २० हजारले थप उपचार खर्च नपुगेपछि मेडिकल कलेजले दुई दिनमै उनलाई निकालिदिएको थियो । अस्पतालले उपचारमा दैनिक रु पाँच हजार खर्च लाग्ने भनेपछि उक्त रकम नपाउँदा छोराको उपचार नगरेरै घर फर्काएको आमा रतिकलाले बताइन् । “चन्दाबाट सङ्कलन भएको पैसा सकिएपछि अस्पतालले निकाली दियो” उनले भनिन् ।
“केले उपचार गर्ने रु बेचौँ भने जग्गा जमिन छैन, आम्दानीको कुनै स्रोत छैन” आमा विह्वल भइन् । “मजदुरी गरेर पाँच छोराछोरी लालनपालन गर्दै आएको उनले बताइन् ।” “ऋण गरेर तिरौँलाभन्दा पनि डाक्टरले मानेनन् । बेहोस छोरालाई उपचार नगरेरै निकाली दिए” उनको दुखेसो छ ।
उपचारका लागि कुनै उपाय लाग्ने आशमा जाजरकोट अस्पतालमा भर्ना गरेको विकले बताइन् । बाबु धनबहादुर दुई महिना अघि रोजगारीको खोजीमा भारततर्फ गएका छन् । विकको सघन उपचार गर्नुको विकल्प नभएको डा सुनिल पुनले बताए । डा. पुनले भने, “उनी बेहोस नै छन्, होसमा ल्याउने उपाय यस अस्पतालमा छैन ।”

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top