Latest News

0

महिलाहरू आफ्नै घरमा सुरक्षित छैनन्

ऋतुराज गुप्ता
ऋतुराज गुप्ता
निर्देशक घिमिरे युवराज र ११ जना कलाकारहरूकोे १५ दिनको मेहनत र परिश्रमबाट काठमाण्डौँस्थित थापाथलीमा रहेको शिल्पी कला—समूहको हलमा तयार भयो एउटा कथा, जसको नाम ‘दहितान ढेंकी’ थियो । कुनै पनि नाटकलाई प्रभावकारी बनाउनका लागि शरीर नै सबैभन्दा ठूलो गहना रहेछ । आवाजले त सबै बुझ्छन् तर शारीरिक माध्यमबाट कसरी बुझाउने भन्ने कुरा महत्त्वपूर्ण रहेछ ।
कलाकारको अभिनयलाई कसरी वास्तविक बनाउने, कलाकारको आवाजलाई कसरी ठोस बनाउने, कलाकारको हिम्मत कसरी मजबुत बनाउने, देखाउन खोजेको नारी तथा युवतीमाथिको समस्यामाथि  नाटक बनाउन धेरै मेहनेत गरियो । यसरी बित्यो १५ दिन अनि सुरु भयो नाट्य—यात्रा ।
तनहुँ, कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा गरी २८ वटा नाटक सम्पन्न भयो । यस दौरानमा धेरै दर्शकसँग गरिएको अन्तत्र्रिmयामा उनीहरूको पीडा र झेलिरहेका समस्याहरूमा छलफल गर्ने काम गरियो । कुनै—कुनै ठाउँमा त हाम्रो नाटक देखेर दर्शक भावुक बनेका थिए । अझ विकट क्षेत्रमा रहेका कतिपय महिलाहरू  आफ्नै सासू, पति वा परिवारबाट पीडित छन् ।
महिलाहरू आफ्नै घरमा पनि सुरक्षित र स्वतन्त्र छैनन् भने विद्यालय, बाटो, बजार, मन्दिर, पाटी, पौवा, गाडी आदि ठाउँमा कसरी सुरक्षित र स्वतन्त्र हुन सक्छन् । हरेक ठाउँमा महिलाहरूमाथि दुव्र्यवहार भइरहेकै छ र अधिकारबाट समेत बञ्चित गरिँदै छ ।
वास्तवमा भन्ने हो भने आजभोलि महिलालाई एउटा मेसिनको रूपमा प्रयोग गरिएको पाइन्छ । कहिले काम गर्ने मेसिन त कहिले बच्चा उत्पादन गर्ने मेसिन । यति मात्रै कहाँ हो र कहिले बोक्सी र डायन भनेर कुटपिटसमेत भइरहेकै छ । बोक्सी भनेर उनीहरूलाई दिसापिसाब खुवाउने, कपाल काटिदिने, घरबाट निकाल्ने, दाँत भाचिदिने, नङ उखेलिदिनेजस्ता अपराधहरू अझै पनि गाउँघरमा विद्यमान छन् ।
 हामी धनगढीमा नाटक देखाउँदा त्यहाँ पनि यही बोक्सीको बारेमा ठूलै बहस भयो । त्यहाँका प्रायजसो महिलाहरू बोक्सी हुँदैन भन्छन् तर जबसम्म यो समाजमा गुर्बाबा (धामी)जस्ता व्यक्ति हुन्छन्, तबसम्म यो समाजबाट बोक्सीप्रथा अन्त्य नै हँुदैन किनभने गुर्बाबाले जाँड, कुखुरा, पैसा, कपडा इत्यादि पाइन्छ भनेर अरूलाई बोक्सीको आरोप लगाइदिन्छन् । र, यसैबाट गुर्बाबाको दिनचर्या चलेको हुन्छ । हामीलाई लुटेर उल्टै हामीलाई नै दोष लगाउने गुर्बाबालाई कारबाही हुनुपर्छ  भनी त्यहाँका महिलाहरूले आ–आफ्नो गुनासो जाहेर गरेका थिए ।
अन्तक्र्रियाकै क्रममा बालविबाहजस्ता सामाजिक मुद्दाका बारेमा पनि छलफल भयो । खासगरी बर्दिया र कपिलवस्तुमा देखिएको यस्तो समस्या त्यहाँका १२ देखि १६ वर्ष उमेर पुगेका बाल बाकहरूले बढी भोग्नु परिरहेको छ । छोराछोरी विद्यालय जाँदा वा अरू कुनै ठाउँमा जाँदा सानै उमेरमा प्रेम गर्ने र आफ्नै प्रेमी वा प्रेमिकासँग भागेर जाने तर सानै उमेरमा भागेर जाँदा पनि एउटा नाबालिक बालिकाले सुख पाउँदिन किनभने उसले करिब १० देखि २० जनाको लागि खाना पकाउने, भाँडा पनि एक्लै माझ्ने र नाबालकैमा गर्भवती हुनेजस्ता समस्या अझै पनि समाधान हुन सकेको छैन । अर्कोतिर छोरा र छोरीमा भेदभावकोे समस्या पनि उस्तै जटिल छ । छोरालाई बोर्डिङ्ग र छोरीलाई सरकारी स्कुलमा पठाउने चलन छ ।  छोरालाई बुढेसकालको लाठी मानिन्छ । छोरी भनेको बोझ हो । त्यसैले छोरालाई बढी माया गरिन्छ । छोराका हरेक इच्छा, चाहना पूरा गरिन्छ । छोरीलाई घरायसी काममा नै अल्झाएर राखिन्छ ।
नाटक ‘दहितान ढेंकी’ले गर्दा आज गाउँघरका धेरै समस्याहरू बहिर आएका छन् । यो नाटकले गर्दा स्थानीय दर्शकहरूमा राम्रो प्रभाव परेको छ । खासगरी थिचिएका र दबाइएका महिलाहरूले यो नाटक देखेर आफ्नो मनोबल र आत्मबल बढेको बताएका छन् ।
( ऋतुराज कपिलवस्तु नाट्य—समूह,तौलिहवाका कलाकार हुन् )

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top