Latest News

0

 मिसनमा गएका नेपाली सैनिकको मृत्यु

nepali-sena1 
२ जेठ
 अफ्रिकी मुलुक कङ्गोमा खटिएका नेपाली शान्ति सेनाका सिपाही बलबहादुर नेपालीले वीरगति प्राप्त गर्नुभएको छ ।
कर्तव्य पालनाका सिलसिलामा गत वैशाख २८ गते उहाँको निधन भएको हो । विगत आठ महिनादेखि उहाँ भीमदल गण शान्ति सेनाको २१औँ डफ्फाअन्तर्गत कङ्गोमा सेवारत हुनुहुन्थ्यो ।
वीरगति प्राप्त गर्नुभएका सिपाही नेपालीको शव आज स्वदेश ल्याइएको र आजै गौचरस्थित कालीप्रसाद गणको प्राङ्गणमा सैनिक सम्मानका साथ श्रद्धाञ्जलि अर्पण गरिएको नेपाली सेनाले जनाएको छ ।
सेनाले विश्व शान्ति, भ्रातृत्व र मानवमात्रको लागि कर्तव्यमा रहँदा वीरगति प्राप्त गर्नु आफैँमा एक विशिष्ट त्याग र बलिदान भएको जनाउँदै शान्ति स्थापनाको पुण्य कार्यमा समर्पित सैनिक जवानको बलिदानले सबै नेपाली र नेपालको विश्व शान्तिप्रतिको अटुट समर्पणलाई उजागर गरेको नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हालसम्म शान्ति स्थापनार्थ विश्वका विभिन्न मुलुकमा तैनाथ ६० जना शान्ति सैनिकले वीरगति प्राप्त गरिसकेका छन् ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top