Latest News

0
भारतले जबरजस्ती गर्न खोजे लड्न तयार

















२१ कात्तिक
एमाओवादी अध्यक्ष प्रचण्डले भारतले जबरजस्ती गरेर झुकाउन खोजे लड्न समेत तयार बताएको बताएका छन्। कुनै बेला भारत विरुद्ध सुरुङ युद्धको घोषणा गरेका प्रचण्डले बुटवलमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै भारतले झुकाउनै खोजे लड्न समेत तयार रहेको बताएका हुन्।

उनले अन्तिम अवस्था परे भारतको सामना गर्न तयार रहेको र रहनु पर्ने बताएका हुन्।
उनले आफूले नेपाल र भारतसंगको समस्या सहमतिबाट टुङग्याउन चाहेको भन्दै नेपालले आफैले संविधान बनाउँदा यसलाई दु:ख दिनु पर्छ ,सजाय दिनु पर्छ भन्ने भारतको व्यवहार गलत भएको बताए ।

आत्मनिर्णयको प्रयोग गर्नु गल्ती नभएको भन्दै उनले असल छिमेकी भारतको आपत्ति हुन नहुने बताए । भारतले झुकाउन खोजे पनि झूक्न नहुने पनि उनको भनाइ थियो ।
भारतले यसैगरि दु:ख मात्रै दिने हो भने नेपालीहरु एक ढिक्का भएर त्यसको प्रतिवादमा उत्रने र उत्रनुपर्ने बताए ।

उनले नेपाल र भारतको सम्वन्ध पुर्नभाषित गर्नु पर्ने बेला भएको बताउँदै नाकाबन्दी र मधेश आन्दोलनको चुनौतीपर्ण अवस्था पार लगाउन सवै नेपालीले मिलेर समाधान खोज्नु पर्ने पनि बताए । प्रचण्ड कार्यकर्ता प्रशिक्षणका लागि बुटवल पुगेका हुन्। उनिसंग उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि संगै बुटवल पुगेका छन्।

प्रचण्डले केही समय अघि पार्टी छोडेको बाबुराम भट्टराईको चर्को आलोचना गरेका थिए।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top