एक वर्षभित्र कृषिमा आत्मनिर्भर हुन योजना बन्दै
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कृषि क्षेत्रलाई प्राथमिकता राख्दै एक वर्षभित्र देश कृषिमा आत्मनिर्भर हुनेगरी योजना बनाइरहेको बताउनुभएको छ ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड सेमलारको १५ औं वार्षिक साधारणसभा तथा दुग्ध उप–आयोजना भवनको रुपन्देहीको सेमलारमा उद्घाटन गर्दै मन्त्री पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै व्यवसायिक बनाउने र कुनै न कुनै उत्पादनमा आत्मनिर्भर बन्ने गरी योजना बनाइरहेको बताउनुभयो ।
कृषिमा आत्मनिर्भर बन्न सकेमात्रै मुलुक समृद्ध हुने बताउँदै मन्त्री पौडेलले त्यसैका लागि सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले अबको राजनीति विकास र समृद्धिको राजनीति भएको र विकास तथा समृद्धिको प्रमुख आधार कृषि भएको बताउनुभयो ।
राजनीतिक अधिकारका लागि लडाई धेरै भएको र संविधान निर्माण भइसकेपछि राजनीतिक अधिकारको एउटा पाटो पूरा भएको उल्लेख गर्दै मन्त्री पौडेलले अबको राजनीति विकासको राजनीति र समृद्धिको राजनीति हुने बताउनुभयो ।
विकास निर्माणका काम नगर्ने राजनीतिज्ञ हुन नसक्ने बताउँदै उहाँले यसक्षेत्रको समग्र विकास निर्माणका लागि आफू साझा नेताका रुपमा अगाडि बढिरहेको स्पष्ट पार्नुभयो ।
Post a Comment