भ्रष्टाचारमा सरकारी कर्मचारी र उपभोक्ता समितिकै संलग्नता
डिल्ली आचार्य वन कार्यालय र सामुदायिक वनका पदाधिकारीकै मिलेमतोमा बारा जिल्लाका विभिन्न सामुदायिक वनमा करोडौं रकम भ्रष्टाचार भएकोे तथ्य सार्वजनिक भएको छ । कुनै बेला ‘चर्चित तपस्वी’ रामबहादुर बमजनले लामो समय तपस्या गरेको बारास्थित ओम नमोबुद्ध सामुदायिक वनलगायतका सातओटा वनमा जिल्ला वनका कर्मचारी र उपभोक्ता समिति मिलेर ३ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार गरेका हुन् ।
अख्तियारले अवैध रूपमा काठ बिक्री गरेर खल्तीमा रकम पारेको भन्दै उनीहरूलाई न्यायिक कठघरामा उभ्याएपछि वन घोटालाको रहस्य खुलेको हो । जिल्लास्थित ओम नमोबुद्ध, राधाकृष्ण, वनशक्ति महिला, शिव शक्तेश्वरी, जनशक्ति, नागमणि महिला र ब्रह्मबाबा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र सम्बन्धित रेन्जरको मिलेमतोमा साल, सिसौ, खयरजस्ता रूखको अवैध कटानी र बिक्री गरेको अभियोगमा उनीहरूमाथि शुक्रबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
अख्तियारका अनुसार वनका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीले अवैध काठ बिक्री गरेर ३ करोड ४२ लाख ८० हजार ५ सय २२ रुपैयाँ भ्रष्टाचार गरेका छन् । महिलालाई मात्र व्यवस्थापन सुम्पिएका दुईओटा सामुदायिक वनमा समेत अवैध ढंगले काठको बिक्री–वितरण भएपछि अख्तियारले लामो समयदेखि उनीहरूमाथि छानबिन गरिरहेको थियो ।
लामो छानबिनपछि अख्तियार वन घोटालामा जिल्ला वन कार्यालयका अधिकृत मोहन कोइराला, सहायक वन अधिकृतहरू श्यामकुमार निराला, विन्दाप्रसाद पटेल, रामाश्रय यादव, अशोककुमार सिंह, अशोककुमार झा, प्रकाशकुमार बर्मा, मोहमद समिउल्लाह, रामनोहर साह तथा रेन्जरहरू धर्मराज चौधरी र सञ्जयकुमार चौरसिया संलग्न रहेको निष्कर्षमा पुगेको छ । अख्तियारका अनुसार चर्चित वन घोटालाको यो प्रकरणमा सातओटा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र सचिवहरूको समेत प्रत्यक्ष संलग्नता छ ।
अख्तियारका अनुसार सामुदायिक वनका अध्यक्षहरू सूर्यबहादुर वाइबा, मीनराज रिमाल, सीतामाया वाइबा, विष्णुबहादुर घलान, मोहनबहादुर खड्का, मीना लामा, अमीरलाल चौधरीको प्रत्यक्ष संलग्नता छ । यो घोटालामा ती सामुदायिक वनका सचिवहरू बुद्धिकुमार तामाङ, लालबहादुर कार्की, विष्णुमाया थिङ, रोशन पाख्रिन, रोवन लोप्चन, मीरा पोखरेल र राजकुमार थापाले समेत भ्रष्टाचार गरी रकम पोल्टामा पार्न सफल भएका छन् ।
वन कार्यालयका कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा सामुदायिक वनमा रहेका बहुमूल्य रूखहरू अवैध कटान गरी बिक्री मात्र गरिएन, बिक्रीबाट भएको आम्दानी आपसमा बाँडेर खाने कार्यसमेत भयो । समुदायलाई हस्तान्तरण गरिएको वनमा नै अनियमितता भएको उजुरी परेपछि अख्तियारले यसमा चासो देखाएको थियो । वन रेखदेख र व्यवस्थापनको जिम्मा लिएका अधिकृत, रेन्जर र उपभोक्ता समितिका पदाधिकारीबाटै करोडौं रकम अनियमितता गरिएपछि अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता श्रीधर सापकोटाले बताए ।
उनका अनुसार वन कार्यालयका कर्मचारीबाट अख्तियारले भ्रष्टाचार गरेबराबरको रकम असुल गराई प्रत्येकलाई १० वर्षसम्म कैद सजायको माग गरेको छ । त्यसैगरी, सामुदायिक वनका अध्यक्ष र सचिवहरूबाट पनि भ्रष्टाचार भएको रकम असुल गरी प्रत्येकलाई दुई वर्षसम्म कैद सजाय तोक्न माग गरिएको छ ।
|
Recent Posts
- स्वास्थ्य स्वयमसेविकालाई मोवाइलबिनाको सिमः टोक्नु न बोक्नु28 Aug 20170
२ भदौ, डोटी । आदर्श गाउँपालिका-३ (साबिकको दलकालिकास्थान गाबिस-२ ऐली)की हरिना बिक महिला स्वास्थ्य स्वयंसेबिका भएको १८ बर्ष भयो । हरिनाले तीन बर्ष पह...Read more »
- कन्चनपुरमा युवक मृत फेला28 Aug 20170
१२ भदौ, कन्चनपुर। कञ्चनपुर पुनर्वास नगरपालिका-९ का २४ वर्षीय सुरज सार्की सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवन ...Read more »
- महिलाका पुरुष डाक्टर ! जसले ३६ हजारलाई नयाँ जीवन दिए28 Aug 20170
११ भदौ, काठमाडौं । त्यतिबेला नेपालमा स्त्रीरोग विशेषज्ञ औंलामा गन्न सकिने संख्यामा थिए । पुरुषप्रधान समाज रुढीवादी मान्यतामै अडिग थियो । महिलाले पुर...Read more »
- ६ देशमा श्रम कन्सुलर र सहचारी नियुक्त, कसले कहाँ पाए जिम्मेवारी ?27 Aug 20170
११ भदौ, काठमाडौं । सरकारले एकैपटक ६ देशमा श्रम कन्सुलर तथा सहचारी नियुक्त गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र कोरियामा श्रम कन्सुलर नियुक...Read more »
- ‘दुई नम्बर प्रदेश पर्यटकका लागि राम्रो गन्तव्य'20 Jun 20170
दुई नम्बर प्रदेश यतिबेला निकै...Read more »
- बाजुरामा सेनाको जहाज दुर्घटना, क्याप्टेनको घटनास्थलमै मृत्यु [भिडियोसहित]30 May 20170
जेष्ठ १६, २०७४- हुम्लास्थित सिमकोटका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक (जहाज) बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना हुँदा क्याप्टेन महासेनानी क...Read more »
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.