Latest News

0

खुलेआम घुस माग्छन् नापीका कर्मचारी

पुस ८ – 

धनुषाको नापी शाखा कार्यालयमा कर्मचारीले खुलेआम घुस माग्ने गरेको सेवाग्राहीले आरोप लगाएका छन् ।

नक्साको प्रतिलिपी लिँदा र कित्ताकाट गर्दा फाँटवाला कर्मचारीले १० रुपैयाँदेखि हजार रुपैयाँसम्म घुस लिने गरेको सेवाग्राहीले बताएका छन् ।
सोमबार कार्यालयमा नक्साको प्रतिलिपी लिन पुगेका धनुषा भूचक्रपुर ५ का विन्देश्वर ठाकुरले आफुले रसिद काट्ने कर्मचारीलाई घुस दिएको बताउनुभयो । दुई वटा नक्साको प्रतिलिपी निकाल्न २ सय ३० रुपैयाँको रसिद काटेर २ सय ४० रुपैयाँ लिएको ठाकुरले बताउनुभयो ।
फाँटवाला कर्मचारीले सेवाग्राहीको काम हेरेर गोप्य तथा खुलेआम रुपमा घुस माग्ने गरेका र नदिए आज हुँदैन भोली आउनु भनेर फर्काउने गरेका सेवाग्राहीको गुनासो छ । रसिद काट्ने कार्यालयका प्रविधिक सहायक गंगा साहले आफूले चिया खान १० रुपैयाँ लिएको स्वीकार गर्नुभयो । तर, दिनैपर्छ भनेर आफूले करकाप कसैलाई नगरेको पनि साहले दाबी गर्नुभयो ।
कार्यालयका प्रमुख सत्रुधन यादवले आफ्नो कार्यालयमा कुनै कर्मचारीले घुस नलिएको दावी गर्नुभयो । घुस मागेको प्रमाण सहित उजुरी गरेमात्रै आफूले केही गर्न सक्ने यादवले बताउनुभयो । नापी कार्यालयका एक कर्मचारी डेढ वर्षअघि घुस लिंदै गर्दा रंगेहात पक्राउ परेका थिए ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top