खुकुरीको व्यापार
झापाको काँकडभिट्टामा रहेको 'कौशिला खुकुरी पसल' मा रु.६०० पर्ने कर्द जत्रा साना खुकुरीदेखि रु.१५ हजार पर्ने सवा तीन फीट लामा खुकुरीसम्म पाइन्छन्।

२८ वर्षअघि रु.२०० मा ७ खुकुरी राखेर शुरू भएको लीला घिमिरेको यो पसलको अहिले चालु पूँजी नै रु.२० लाख पुगेको छ। दैनिक रु.२० हजारसम्मको खुकुरी बिक्री भइरहेको बताउँदै लीला भन्छिन्, “भारतको दार्जीलिङ, सिक्किम, कालिम्पोङ, डुबर्स, आसाम, अरुणाचलका नेपालीहरूले सिरुपाते, भोजपुरे, धनकुटे, कोथिमोडा खुकुरी लैजाने गरेका छन्।”
खुकुरी व्यापारको आम्दानीबाट लीलाको परिवारले घर घडेरी जोडिसकेको छ। दार्जीलिङे युवकले विभिन्न आकारका ३६ वटा खुकुरी भर्खरै लगेको बताउँदै लीलाले भनिन्, “भारतका नेपालीमा कसैलाई चिनो दिनुपर्दा खुकुरी दिने चलन रहेकाले खुकुरी बिक्रीमा समस्या छैन।”
धनकुटा, ताप्लेजुङ, भोजपुर लगायत पूर्वी पहाडी जिल्लाका विश्वकर्मा जातका कारीगरले अर्डर अनुसार खुकुरी बनाएर लीलाको पसलमा ल्याउने गर्छन्।
गोपाल गडतौला
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.